मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते

झापा ,८ बैशाख । झापाको कचनकवल -६ बनियानीमा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा एकजनाको मृत्यु भएको छ भने तीनजना गंभीर घाइते भएका छन् ।शुक्रवार राति ९.५० बजेतिर बनियानीको पेट्रोल पम्पनजिक बनियानी केचना सडकखण्डमा केचनाबाट बनियानीतर्फ आउँदै गरेको मे ८ प ८१७ नं को मोटरसाइकल र बनियानीबाट केचनातर्फ जाँदै गरेको बीआर३६ एक्स ३९४४ नं को मोटरसाइकल एकापसमा जुधेका थिए ।
दुर्घटनामा बीआर३६ एक्स ३९४४ नं को मोटरसाइकलका चालक कचनकवल -४ बस्ने ४१ वर्षीय कृष्णप्रसाद शाहको मृत्यु भएको हो । त्यस्तै सोही मोटरसाइकलको पछाडि सवार कचनकवल ४ बस्ने १४ वर्षीय संदिप माझी गंभीर घाइते भएका छन् । उनलाई ओमसाई पाथीभरा हस्पिटलबाट बीएण्डसी हस्पिटल लगिएको छ ।
त्यस्तै मे ८ प ८१७ नम्बरको मोटरसाइकलमा सवार कचनकवल ६ बस्ने २१ वर्षीय गोपाल राजवंशी र वडा नं ७ बस्ने अन्दाजी २५ वर्षीय रामबहादुर राजवंशी घाइते भएका छन् । उनीहरुको ओमसाई पाथीभरा हस्पिटलमा उपचार भइरहेको र दुबै मोटरसाइकल ईलाका प्रहरी कार्यालय बनियानीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published.