शुभारम्भ शाकोसले मनायो १३ औ बार्षिकोत्सव

दमक, ३० चैत । दमक -६ देवकोटा चौकमा रहेको शुभारम्भ बचत तथा ऋण सहकारी संस्थाले विहिबार आफनो १३औ बार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ ।बार्षिकोत्सवका अवसरमा संस्थाले बर्षेनी रक्तदानसहित भित्तेपात्रो लोकापर्ण गरि मनाएको व्यवस्थापक लोचन ढुंगानाले बताए । संस्थाले यसवर्ष पनि बार्षिकोत्सव अघिल्ला बर्ष झै रक्तदान लगायतका सामाजिक गतिविधि गरि मनाईएको हो ।
संस्थाका अध्यक्ष गुरुभक्त ढुङगानाले बार्षिकोत्सवको केक काट्नुका साथैं संस्थाद्धारा प्रकाशित गरिदैआएको भित्तेपात्रोको समेत लोकापर्ण गरेका थिए । त्यस अवसरमा बोल्दै अध्यक्ष ढुंगानाले सहकारीका सदस्य केन्द्रीत सेवा पुरयाँउन संस्था प्रतिबद्ध भएको जानकारी दिए ।
त्यस्तै, दमकको नेपाल रेडक्रस सोसाइटी उपशाखाको रक्तसञ्चार सेवा केन्द्रमा पुगेर संस्थाका अध्यक्ष ढुंगाना, सञ्चालकहरु डा. घनश्याम सुवेदी,लेखा संयोजक मोहन श्रृष्ठ लेखा संयोजक मोहन श्रेष्ठ, गणेश घिमिरे लगायतकाले रगतदान समेत गरेका थिए । कार्यक्रममा सहकारीकासञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरु,शेयर सदस्यहरु ,कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.