राष्ट्रिय बहुमुखी सहकारीद्धारा नवबर्षको शुभकामना आदानप्रदान

दमक,२९ चैत । दमक -८ सेतुमारीरोडस्थित राष्ट्रिय बहुमुखी सहकारी संस्था लिमीटेडले नयाँ वर्ष २०८१ को गतिविधिमूलक भित्तेपात्रो लोकापर्ण गरि शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाको आफनै सभाहलमा आज संक्षिप्त कार्यक्रम गरि संस्थाले बर्षेनी नयाँवर्षमा प्रकाशन गरिआएको भित्तेपात्रोको लोकापर्ण गरि एकापसमा शुभकामना आदानप्रदान गरि सम्पन्न गरेको संस्थाले जनाएको छ । उनीहरुले सामूहिक रुपमा संस्थाद्धारा प्रकाशित भित्तेपात्रो लोकापर्ण गरेका हुन् ।
संस्थाका अध्यक्ष लछुदास राई (एलडी )को अध्यक्षता तथा जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेम कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै वक्ताहरुले सहकारी संस्थामा देखिएको समस्यासंगै वेथिति हटाउन सहकारी संस्थावीच आपसी समन्वय र सहकार्य हुनुपर्ने खाँचो रहेको औल्याएका थिए । सहकारीमा देखिएको समस्या समाधानका लागि सहकारीहरुवीच सहकार्यको बिकल्प नभएको उनीहरुको जोड छ ।
कार्यक्रमका प्रमुख अतिथि सहकारी अगुवा समेत रहेका कोइरालाले सहकारीमा देखिएको समस्या समाधानमा संस्थाका सञ्चालक,कर्मचारी तथा शेयर सदस्यहरु गंभीर हुन सके यस्ता समस्या विस्तारै हट्दै जाने विश्वास व्यक्त गरे ।संस्थाको सूचना ,सञ्चार तथा प्रकाशन उपसमितिका संयोजक विष्णु सुब्बाले स्वागत मन्तव्य राखेका सो कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपाने, जिल्ला सहकारी संघ झापाका लेखा संयोजक चुडामणी ओझा, मेनेजर्स क्लव झापाका अध्यक्ष खोमप्रसाद वगाले, फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी दिलीप जवेगु,स्वर्णलक्ष्मी शाकोसका अध्यक्ष बिमल बराल, संस्थाका सल्लाहकार मेहरमान लिङदेन, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य अनिलदेव राई लगायतले सहकारीको विविध विषयमा चर्चा गदैं नववर्षको शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका सदस्य पारषमणि राईले सञ्चालन गरेको सो कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्ण गोले,सहसचिव फूूलसरी राना, कोषाध्यक्ष टंक दुलाल,संस्थाका सल्लाहकारहरु क्याप्टेन बीबी राई, ऐमानसिंह लावती,इन्द्रमान चाम्लिङ ,सञ्चालकहरु, कर्मचारीहरु, शेयर सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published.