दमक, १४ चैत । जीवन बिज्ञान दमकले फागु पूर्णिमा तथा होली पर्वको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।जीवन बिज्ञान दमकका कल्याणमा आवद्ध सहभागी भएको उक्त कार्यक्रममा प्रशिक्षकहरु श्रीप्रसाद राई र जानुका साङ्पाङ राईले जीवन बिज्ञानको महत्वमाथि प्रकाश पारेको सचिव ओमप्रसाद खनालले जानकारी दिए । समाजका ज्येष्ठ सामाजिक व्यक्तित्ब तारानिधि मिश्रको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा गौतम बुद्धको जन्मस्थान लुम्बिनीमा यही चैत्र १७ गते देखि हुन गईरहेको बिराट चक्र बिज्ञान कार्यक्रममा सहभागी हुन जाने कल्याण मित्रहरु लालबहादुर सापकोटा, श्रीप्रसाद राई,जानुका साङ्पाङ राई,सरस्वती राई र शर्मिला राईलाई अबिर टीका र खादा लगाएर सम्मान गरिएको थियो ।
जीवन बिज्ञान दमकका संयोजक लालबहादुर सापकोटाको अध्यक्षता भएको उक्त कार्यक्रममा जीवन बिज्ञान दमकका सदस्य कृष्णराज थापाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा जीवन बिज्ञानका सदस्यहरु जीवराज भट्टराई,फलिन्द्र बहादुर अधिकारी, तुलसा खनाल,युवकला सापकोटा,रुविना शाक्य, करुणा अधिकारी, सीता अधिकारी, लक्ष्मी भट्टराई, शुशिला गौतम लगायतको उपस्थिति रहेको थियो ।