दमक,१३ चैत । रोटरी क्लव अफ दमकको आयोजना तथा दमक नगरपालिकाको सहकार्यमा मंगलवार दमकमा निशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । दमक- ४ स्थित ताराबारी आधारभूत विद्यालयमा आयोजित शिविरमा विद्यार्थीहरुसहित ७४१ जनाको आँखा परीक्षण गर्नुका साथैं औषधी वितरण गरिएको थियो ।
अष्टे«लियन रोटरीयन क्लवहरुको प्राविधिक सहयोगमा भएको आँखा शिविरमा १०१ जना विद्यार्थीसहित बालबालिकाहरु, २९५ जना पुरूष र ३४५महिला जना लाभान्दित भएको क्लवका एसिसटेन्ट गर्भनर सन्दिप चापागाई (दिपु )ले बताए । शिविरमा आँखा जाँच गरिएका ५० जनामा भने मोतियाबिन्दु देखिएको र उनीहरुको थप उपचार क्लवले व्यवस्थापन गरिएको उनले बताए ।
शिविरमा २० जना चिकित्सकसहितको अष्टे«लियन रोटरीयनहरु, स्थानीय आँखाका स्वास्थ्यकर्मीसहितको टोलीले आँखा जाचमा सहयोग पुरयाँएको थियो ।
सोहि निशुल्क आँखा शिविर यो सातौ हो । देशभरिका ग्रामीण क्षेत्रका सर्वसाधारणहरुको आँखा उपचारमा सुविधा पुरयाँउन उद्देश्यले सञ्चालित सो शिविरमा हालसम्म ७ हजार बढीले सेवा पाएको क्लवका एसिसटेन्ट गर्भनर चापागाईले बताए ।
रोटरी दमकका अध्यक्ष पदम बरालको अध्यक्षतामा भएको निशुल्क आँखा शिविरको नगरप्रमुख रामकुमार थापाले उद्घाटन गरेका थिए । शिविर उद्घाटनमा दमक ४ का वडाअध्यक्ष उद्धव दाहाल,रोटरीका अगुवाहरु,विद्यालयका शिक्षक,कर्मचारी,विद्यार्थी तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।