
दमक, १० चैत । कमल -६ स्थित वाणी माध्यमिक विद्यालय प्रशासनले एकतर्फी रुपमा विद्यालय व्यवस्थापन समिति गठन गर्ने प्रकृया अघि बढाएपछि स्थानीय सात वटा राजनीतिक दलले आपत्ति जनाएका छन् ।
नेकपा एमाले बाहेकका क्रियाशील राजनीतिक दलका स्थानीय नेतृत्वले सहमति विपरीत आफूखुसी विद्यालय व्यवस्थापन गठन गराए त्यो स्वीकार्य नहुने चेतावनी दिएका छन् । नेपाली कांग्रेस कमल ६का सभापति रोशन दाहाल, नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी,राप्रपा , संघीय समावादी पार्टीका वडा नेतृत्वले संयुक्त विज्ञप्ति जारी गरि विद्यालय प्रशासनले जर्वजस्त ढंगले समिति बनाए त्यसबाट सृजित परिणामको भागीदार स्वम वर्तमान विद्यालय सञ्चालक समिति हुने चेतावनीमा उल्लेख छ ।
विज्ञप्तिमा छ भनिएको छ ,–‘ छ दलीय गठबन्धनले विद्यालय व्यवस्थापन समिति गठनसहित विद्यालयको शैक्षिक तथा सर्वाङिण विकासका लागि गत चैत ३ गते विद्यालयलाई ज्ञापनपत्र बुझाएका छौं , त्यसलाई लत्याएर कुनै कार्य अघि नबढाउन अनुरोध गर्दछौ । ’
छ दलीय गठबन्धनले विशेष केहि दलको पूर्व निर्धारित कार्यक्रमकै दिन पारेर विद्यालयले भोलि ११ चैतमा विद्यालय व्यवस्थापन समिति बनाउन अभिभावक भेला बोलाएकाले भन्दै त्यसप्रति गंभीर ध्यानाकर्षण भएको उल्लेख छ ।
उक्त व्यवहोरा विज्ञप्ति विद्यालय समितिसहित वडा कार्यालय, गाउँपालिकाको कार्यालय, शिक्षा शाखालाई समेत बोधार्थ पठाइएको कांग्रेस कमल ६ का सभापति रोशन दाहालले बताए । विद्यालयमा भोलि शुक्रवार अभिभावक बोलाइएपछि एमालेबाहेकका दलहरुले त्यस विरुद्ध संगठीत भएर उत्रिएका हुन् ।