दमक ,७ चैत । आन्तरिक राजस्व कार्यालय दमकसहितको वजार अनुगमन टोलीले विहिबार दमकका केहि होटल तथा मदिरा पसलको अनुगमन गरेका छन् ।वजारमा अवैध समानको विक्रीवितरण तथा अनुमति विना पसल लगायतका व्यापारिक गतिविधि हुदैआएको गुनासो पछि सचेतनामूलक वजार अनुगमन गरिएको हो ।
अनुगमन टोलीले दमकको केहि होटल,मदिरा पसलहरुमा पुगेर खाद्य बस्तुको लेभल,गुणस्तरसहित ती बस्तुको बैधताको जाँच तथा अनुमति लगायतका व्यवसायिक कागजातहरुका बारेमा राजस्वका अधिकारीले हेर्नुका साथैं करको विषयमा संक्षिप्त सचेतना समेत प्रदान गरिएको टोलीमा संलग्न दमक मदिरा व्यवसायी संघका अध्यक्ष दिनेश मैनालीले बताए ।
वजार व्यवस्थित गराउन राजस्वसहितको टोलीले यस किसिमको अनुगमनलाई निरन्तरता दिइने कार्यालयले जनाएको छ । अनुगमनमा आन्तरिक राजस्व कार्यालय दमक, दमक उद्योग बाणिज्य संघ, होटल तथा मदिरा ब्यबसायी संघ दमकका प्रतिनिधिहरु,सुरक्षाकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।