दमक,७ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा )का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले दमक नगरपालिकाका प्रमुख राम थापासंग भेटवार्ता गरेका छन् । बुधबार भएको भेटवार्ता क्रममा राजनीतिक साथै समसामयिक विषयमा कुराकानी भएको नगर प्रमुख थापाको सचिवालयले जनाएको छ ।उनी गत चैत १ गते काठमाडौंबाट चन्द्रगढी विमानस्थल हुँदै झापा आएका हुन् ।
बिमानस्थलमा झापा पार्टीका झापा इञ्चार्ज सुमन सी लगायतका नेताहरुले महासचिव विप्लबको स्वागत गरे । नेता विप्लव चैत ६ गतेसम्म झापामा रहेर पार्टी कार्यकर्ता ,शहीद परिवार तथा विभिन्न सामाजिक व्यक्तित्वहरुसंग भेटघाट गरेका थिए ।