वक्तृत्वलामा जेम्सकी इन्सानी प्रथम भईन्

दमक,२१ फागुन । ११३ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर आइतवार दमक नगरपालिकाले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । समानताको बलियो आधार, सिर्जनात्मक प्रबिधिमा महिला पहुँचको विस्तार बिषयमा दमकका सामुदायिक तथा संस्थागत बिद्यालयका छात्राहरुवीच प्रतियोगिता गराईएको हो ।
२० जना छात्रा सहभागि प्रतियोगितामा दमक- ८ स्थित झापा मोडेल अंग्रेजी स्कुल (जेम्स )की छात्रा इन्सानी खतिवडा प्रथम बन्दै नगद ७ हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गर्न सफल भईन् । त्यसैगरी दमक -९ स्थित पाणीनी माध्यमिक बिद्यालयकी छात्रा आयुसा शाह दोस्रो बन्दै नगर ५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरिन् । त्यस्तै आदर्श बोर्डिङ स्कुलकी छात्रा दिवा कटुवाल तेस्रो बन्दै नगद ३ हजार ५ सय रुपैयाँ र दमक २ को हिमालय माध्यमिक बिद्यालयकी छात्रा तपस्या राईले सान्त्वना स्थान प्राप्त गर्दै नगद २ हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरेकी थिइन् ।
पुरस्कृत बिद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि दमक नगर प्रमुख रामकुमार थापाले नगरको बिकासमा महिलाहरुलाई पनि समान सहभागी गराउँदै लगेको बताए । कार्यक्रममा नगर उप प्रमुख रेगिना भट्टराईले विश्व ईतिहाँसमा पनि महिलाहरुले आफुलाई अब्बल प्रमाणित गरिसकेकाले मानिसहरु वीच कुनै पनि प्रकारको बिभेद गर्न नहुने बताइन् । कार्यक्रममा ईलाका प्रशासन कार्यालय दमकका प्रमुख महेश तिम्सिना, लिड नेपालकी चन्चला सुब्बा लगायतले कानुनमा सबै नागरिक समान भने पनि अभैm बिभेद कायम रहेको भन्दै यसलाई हटाउन सामाजिक चेतनाको जरुरी रहेको औल्याए । दमक नगरपालिका सामाजिक विकास समितिकी संयोजक सारदा सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार चोमु शेर्पाले कविता वाचन गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published.