धरानमा छोराको कुटाइबाट आमाको मृत्यु

धरान,९ फागुन । छोराको कुटाइबाट घाइते भएकी धरान उपमहानगरपालिका–११ कुविर्ता चोककी रमनसरी राईको मृत्यु भएको छ । रमनसरीको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक रन्जन मिश्रले जानकारी दिए ।
सोमबार साँझ मादकपदार्थ सेवन गरेका २९ वर्षीय दीपक राईले ४६ बर्षिया आमा रमनसरी राईलाई कुटपिट गरी घाइते बनाएको थियो । राई लागूऔषधकर्ता र मादक पदार्थ सेवन गर्ने भएकाले उक्त दिन पनि नशाको सुरमा कुटपिट गरेको र शरीरमा आन्तरिक दखल परी उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक मिश्रले बताए ।
उनका अनुसार राईलाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गरी म्याद थप गर्न सुनसरी जिल्ला अदालत लगिएको छ । राई केही समय पहिले लागूऔषधमा पक्राउ परि छुटेको समेत इलाका प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.