नेकपा एसको दमकमा अगुवा कार्यकर्ता भेला

दमक, ८ फागुन । नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीको व्यवस्थापनमा मंगलबार दमकमा क्षेत्रीय स्तरको अगुवा नेता तथा कार्यकर्ताहरुको भेला सम्पन्न भएको हो ।पार्टीको आसन्न १०औं महाधिवेशनलाई लक्षित गरेर देशव्यापी सञ्चालनमा आएको संगठन सुढृढिकरण अभियानका कार्यक्रम अन्तर्गत क्षेत्रीयस्तरका भेला र बैठकहरु आयोजना गरिएको हो ।

क्षेत्रीय बैठकमा पार्टी सदस्यता विस्तार र नबीकरणका कार्यलाई तीब्र गतिमा अघि बढाउने छलफल भएको छ ।त्यसैगरी, वडा कमिटी, नगर–गाउँपालिका कमिटी, प्रदेश क्षेत्र कमिटी, निर्वाचन क्षेत्र कमिटी, जिल्ला कमिटीसहित विभिन्न जनबर्गिय संघसंगटनहरुको गठन तथा पूर्नःगठनका कार्यलाई चैतसम्म सम्पन्न गर्ने छलफल भएको छ ।

जिल्ला कमिटी सचिवालय सदस्य तथा दमक नगर इन्चार्ज हरिप्रसाद नेपालको अध्यक्षतामा र केन्द्रीय सदस्य तथा संगठन सुढृढिकरण अभियान झापाका प्रमुख धर्मराज पौडेलको प्रमुख आतिथ्यतामा सो कार्यक्रम आयोजना भएको थियो ।

बैठकमा क्षेत्र नं ५ अन्तर्गत पालिकास्तरीय प्रतिनिधित्व गर्दै पार्टी संगठनको पछिल्लो अवस्था, हालसम्म भएको प्रगति, गरिआएका गतिविधि र त्यहाँ देखिएका समस्या लगायतका बारेमा आ–आफ्ना बिचारहरु राखेका थिए । यसरी बिचार राख्नेहरुमा दमक नगर कमिटीका सचिव सुवास सुवेदी, कमल गाउँपालिका कमिटीको तर्फबाट युवा संघ नेपालका झापा इन्चार्ज खगेन्द्र बाह्कोटी, गौरादह नगर कमिटीका अध्यक्ष नारायण राजवंशी र गौरीगञ्ज गाउँ कमिटीका सचिव बेदराज गिरी छन् ।

बैठकबीच पार्टीका केन्द्रीय सदस्य नीलमणी बरालले दुई महिने संगठन सुढृढिकरण अभियानलाई पार्टीको आसन्न १०औं महाधिवेशनलाई लक्षित गरिएको बताए । नेता बरालका अनुसार यो महाधिवेशन केन्द्रीत भएपनि खासगरी पार्टीको संगठन क्रियाकलापमा यसखाले अभियान वा कार्यक्रमले केन्द्रीय नेतृत्वलाई ग्रामिण स्तरसम्म आएर जनताका गुनासाहरु सुन्ने र बुझ्ने अवसर समेत भएको बताए ।

पार्टीको झापा सहइन्चार्ज समेत रहेका नेता बरालले पार्टीले संगठन स्ढृढिकरण अभियान अन्तर्गत जिल्ला कमिटीले जारी कार्यक्रम र केन्द्रीय कमिटीले पठाएको सर्कुलरसमेत बाचन गरेका थिए ।
संगठन सुढृढिकरण अभियानकै क्रममा क्षेत्र नं ५ को दमकमा फागुन १८ गते शुक्रबार वृहत भेलाको आयोजना गर्ने भएको छ भने कमल गाउँकमिटीले फागुन १७ गते विहिबारले कार्यक्रमको आयोजना गर्ने बैठकमा निर्णय भएको छ । त्यसैगरी, गौरादह र गोरिगञ्जले स्थानीय स्तरमा आवश्यक छलफलपछि मितिको तयारी गर्ने भएको छ ।

कार्यक्रममा केन्द्रीय परिषद सदस्य राजेन्द्र दाहाल, मणी भण्डारी, हरिमाया मैनाली, प्रदेश कमिटी सदस्य शषि पौडेल, शान्तिराम आचार्य, कमल गाउँपालिका वडा नं २ का वडाध्यक्ष अशोक सुब्बा, समाजवादी प्रेष संगठनका केन्द्रीय सदस्य तथा झापा अध्यक्ष अनिलदेब राई, गौरीगञ्जका नेता पशुपती भुजेल, युवा संघ नेपालका नेता हरिकृष्ण पौडेल, समाजवादी खेलकुद महासंघका केन्द्रीय सदस्य सुमन कार्की, मदन गुरुङ, बिद्यार्थी नेता आयुषमान पोख्रेल लगायतका नेताहरुको उपस्थिति थियो । दमक नगर कमिटी अध्यक्ष रोशन भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चाल कमल गाउँ कमिटी अध्यक्ष होमबहादुर बरालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.