दीपेन्द्रले निकाले ‘तिमिल्सिना ईतिहासः विगतदेखि वर्तमान सम्म’

पथरी ,९ फागुन । एक पछि अर्को निरन्तर खोजमुलक पुस्तक लेखन तथा प्रकाशन गर्दै आएका लेखक दीपेन्द्रराज तिम्सिनाले पुनः अर्को ‘तिमिल्सिना ईतिहासः विगतदेखि वर्तमान सम्म’ वजारमा ल्याएका छन् ।
लेखक तथा प्रकाशक तिम्सिनाले नेपालमा तिमिल्सिना इतिहासदेखि वर्तमान समयका प्रसिद्धि कमाएका तिमिल्सिना वन्धुहरूका बारेमा उल्लेख गर्दै ५७ विषयसुची मार्फत २ सय २७ पृष्ठमा यो पुस्तक प्रकाशित गरेका हुन् ।
पुस्तकमा लेखकले विभिन्न जिल्लाहरुमा तिमिल्सिना बसोबास, तिमिल्सिना समाज र तिनका कार्यहरू, तपश्वी भवानी शंकर, राज्यका विभिन्न उच्च तह ,पद र ओहदामा पुग्ने तिम्सिनाहरू, पञ्चायत कालदेखि वर्तमान समयमा तिमिल्सिना जनप्रतिनिधीहरूको बारेमा गहिरो अध्ययन तथा खोज गरेका छन्। उनले प्रकाशित गरेको यो पुस्तकमा माओवादी द्वन्द्व र वेपत्ता पारिएकाहरू , तिमिल्सिना वन्धुका शहीदहरू, विद्या वारिधी गर्ने , वरिष्ठ शिक्षक, पत्रकार, राजनितिज्ञ, कुटनितिज्ञ, समाजसेवी, सफल कृषक , उद्योगी, वाणिज्य र व्यापारी आदिको विषयमा पनि सुक्ष्म खोज तथा अन्वेषण गरी प्रकाशमा ल्याएका छन्। त्यस्तै, पुस्तकाकार दीपेन्द्रले कला, साहित्य, ललितकला र संगीतको विधाका सम्मानितहरू, तिमल्सिना समुदायका अगुवाहरू, भारतलगायतका विभिन्न अन्तर्राष्ट्रिय मान सम्मान तथा पुरस्कार ग्रहण गर्ने वन्धुहरू, , उद्यमी आदि तिमिल्सिना वन्धुहरूको बारेमा वर्तमानसम्मको विषय वस्तुलाई अटाएको पाईन्छ ।
लेखक तिम्सिनाले यो पुस्तकमा आफुले मदन पुरस्कार प्राप्त गर्ने, अन्तर्राष्ट्रिय संघसंस्थाहरूमा काम गर्नेदेखि चर्चित आध्यात्मिक गुरुहरु , अञ्चलाधीश, जिविस सभापति, स्थानीय विकास अधिकारी, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना सम्मका विषयमा मसिनो अध्ययन र खोज गरी प्रकाशित गरेको बताएका छन्।
हाल मोरङको पथरी शनिश्चरे १मा बसोबास गर्दै आएका लेखक तिमिल्सिनाले यसअघि टेलिफोन डायरी -२०६८, मोरङको सामुदायिक वन एक चिनारी -२०६९, मोरङको क्षेत्र नं २ एक चिनारी -२०७०, पथरी शनिश्चरे नगरपालिका एक चिनारी -२०७७, जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म प्रथम संस्करण -२०७७, जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म दोस्रो संस्करण -२०७८, धिमाल जातिको इतिहास विगतदेखि वर्तमानसम्म २०७८, इतिहासमा पथरी शनिश्चरे -२०७८, मोरङका जनप्रतिनिधि सङ्गालो -२०७९, माईखोलादेखि पुनर्वाससम्म -२०८०, तिमिल्सिना इतिहासः विगतदेखि वर्तमानसम्म -२०८० गरि १०वटा खोजमुलक किताव प्रकाशनमा ल्याइसकेका छन् ।

Leave a Reply

Your email address will not be published.