शिवरात्रीको अवसरमा दमकको पशुपति मन्दिरमा महायज्ञ

दमक,७ फागुन ।  महाशिवरात्रीको अवसरमा दमकको पशुपतिनाथ मन्दिरमा यहि १५ देखि २६ गतेसम्म श्रीमद भागवत ज्ञानमहायज्ञ सञ्चालन गरिने भएको छ ।१८ औ महायज्ञ सम्पन्न गरिसकेको यस धाममा यसवर्ष पनि सप्ताहव्यापी महायज्ञको तयारी तीव्र पारिएको धाम व्यवस्थापन समितिका सचिव लक्ष्मण श्रेष्ठले बताए ।महायज्ञ सम्पन्न गर्न सोमबार मन्दिर परिषरमा स्थानीय धर्मानुनायी तथा सरोकारवालाहरुवीच छलफल गरिएको थियो ।
दमक नगरपालिकाका प्रमुख समेत रहेका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकुमार थापाको अध्यक्षतामा भएको बैठकमा स्थानीय सामाजिक संघसंस्थाका प्रतिनिधि, धार्मिक संस्थासहित सर्वसाधारणहरुको उल्लेखीय उपस्थिति रहेको थियो । नगर प्रमुख थापाले दमक नगरलाई पूण्य भूमि बनाउने उद्देश्यले बर्षेनी एक एक वटा पूराण गरि १८ औ पूराण सम्पन्न गरिसकेको र पुराणबाट संकलित सहयोगबाट मन्दिर परिषरमा करिव ५ करोड रुपैयाको लागतमा पशुपति सेवा सदन निर्माण गर्न सफल भएको बताए । यसवर्ष नवनिर्मित सेवा सदनको उद्घाटनसंगै अघिल्ला बर्षझै यसवर्ष पनि महायज्ञको आयोजना गरिएको र यसलाई सफल बनाउन सवैसंग उनले आग्रह समेत गरे ।
बैठकले महायज्ञ सभ्य तथा भव्य रुपले सम्पन्न गर्न एक दर्जन बढी आवश्यक उपसमितिहरु गठन गरिएको थियो । महायज्ञबाट संकलित दानदक्षिणाबाट मन्दिरमा गजुर राख्न खर्च गरिने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.