दुग्ध ब्यवसाय सञ्चालनमा समस्या भएको डेरी सञ्चालकको गुनासो

-नगेन्द्रमणी न्यौपाने

दमक,७ फागुन । बजारमा स्वदेशमानै उत्पादन भएको धुलो दुधको माग घटेको भन्दै दुग्ध ब्यवसाय सञ्चालनमा समस्या भएको डेरी सञ्चालकले गुनासो गरेका छन् । स्थानीय किसानले उत्पादन गर्दै आएको गाई ,भैसीको दूध संकलन गरि बजारीकारण गर्दै आएका साना तथा मझौला डेरी ब्यवसायीहरुले किसानलाई भुक्तानी दिन समेत नसक्ने अवस्थामा आफुहरु पुगेको गुनासो गरेका छ्न् ।
बिगत चार बर्ष अघिदेखि झापाको दमक -१० सेतुमारीमा डेरी ब्यवसाय सञ्चालन गर्दै आएका ब्यबसायी बिदुर भण्डारीले पछिल्ला केहिदिन यता डेरी ब्याबसायीले स्थानीय स्तरमा संकलन गरेको दुधको भुक्तानी किसानलाई दिन हम्य हम्य हुन थालेको गुनासो गरेका छ्न्। भण्डारीले २०७४ सालबाट दमक -१० को सेतुमारीमा आदर्श नामको डेरी सञ्चालन गर्दै आइरहेका छ्न् ।
यो डेरीमा स्थानीय करिव दुइसयको हाराहारीका साना किसानले गाई भैसीबाट उत्पादन गर्दै आएको झ्ण्डै ५ सय लिटर दूध दैनिक संकलन हुदै आएको भण्डारीले जनाएका छ्न् ।
यो डेरीमा सङ्कलन भएको दूध दमक बजारकासाथै पोखराको सुजल डेरीलाई बिक्री गर्दै आइरहेको भण्डारीले बताएका छ्न्। तर पछिला केहिदिन यता सुजल डेरीले बजारमा धुलो दूध बिक्रीगर्न नसकिरहेको भन्दै भुक्तानी दिन ढिला सुस्ती गरिदिदा किसानलाई दूध मूल्य भुक्तानी दिन समस्या भएको स्वीकार गरे ।
सुजल डेरीले आफुलाई दिनुपर्ने भुक्तानी नदिदा किसानले पशुआहाराको रुपमा प्रयोग गर्दै आएको दाना ,चोकर समेत दिन नसक्ने अवस्थामा आफुपुगेको डेरी सञ्चालक भण्डारीले दुखेसो पोखे ।
बजारमा दुधको खपत नघटे भएपनि ठुला डेरीहरुले आफुले पाउने भुक्तानी दिन यो वा त्यो बहाना देखाएर पन्छिने गरेको उनले बताए । केही समय अघिमात्र दुधको मूल्यमा केहि वृद्धिहुदाँ निकै उत्साहित देखिएका किसान अहिले समयमानै दुधको भुक्तानी पाउन नसक्दा निरास देखिएका छ्न् ।
यो डेरी अहिले दुधका साथै दहि, घिउ, पनिर लगायतका दुग्धजन्य बस्तु उत्पादन गरि बिक्री गर्दै आइरहेको छ ।नेपाली बजारमा भारतीय उत्पादनले निकै प्रभाव जमाउदै आइरहेको समयमा दुधको बजारमा पनि समस्या आएको हुनसक्ने ब्यवसायीहरुको अनुमान छ । भारतीय उत्पादनको लागत मूल्य कम हुनु र नेपाली उत्पादनको लागत मूल्य बढी पर्ने गरेका कारण पनि आन्तरिक उत्पादनले प्रतिष्पर्धा गर्न नसक्दा पटक पटक दुधको बजारमा यस्तो समस्या आउने गरेको दुग्ध ब्यबसायीको बुझाई रहेको छ ।

Leave a Reply

Your email address will not be published.