महासमिति बैठकले मुलुकलाई सही दिशानिर्देश गर्न भूमिका खेल्नुपर्ने झापाली युवा नेताहरुको सुझाव

दमक,७ फागुन । आजदेखि ललितपुरको गोदावरीमा शुरु हुने नेपाली कांग्रेसको महासमिति बैठक शुरु भईरहेको बेला झापाली कांग्रेस युवा नेताहरुले पार्टीलाई बदलिँदो परिवेशमा नयाँ ढंगबाट अघि बढाउन महासमिति बैठकले दिशानिर्देश गर्नुपर्ने बताएका छन् ।
प्रदेशवाणी डटकमसंग कुराकानीका क्रममा उनीहरुले मुलुकमा हरेक राजनीतिक व्यवस्था परिवर्तनमा अभिभावकिय भूमिका निर्वाह गरिआएको कांग्रेसलेनै अहिलेको राजनीतिक र सामाजिक अवस्थाको सुक्ष्म विश्लेषण गरी मुलुकलाई सही दिशानिर्देश गर्न भूमिका खेल्नुपर्ने सुझाव दिन्छन् ।
आम नागरिकको भरोसा नेपाली कांग्रेसमै भएकाले पार्टीको नीति भित्र रहेर असल थीति ( व्यवहारिक रुपमै) अपनाउन यो बैठकले दिशा निर्देश गर्नुपर्ने युवा नेताहरुको भनाई छ ।
कांग्रेस झापाका बैचारिक युवा नेता समेत नेविसंघ झापाका पूर्व सभापति पर्शुराम रिजाल पार्टीको महासमिति बैठक कर्मकाण्डी मात्रै बन्न नहुने स्पष्ट पार्छन् । अहिले कांग्रेस बिधान केन्द्रित भन्दा पनि ब्यक्ति केन्द्रित हुन थालेको भन्दै यसलाई सुधारेर बिधान अनुसारका काम समयमै गर्न सके मात्रै पनि पार्टीमा धेरै सुधार हुने नेता रिजालको सुझाव छ ।
कांग्रेसले यथास्थितिमा नयाँ पुस्ताको भावना समेट्न नसक्ने भन्दै रिजालले भने– ‘यो बैठकबाट काङग्रेसलाई समय र परिवेश अनुसार नीतिगत र संस्थागत रुपमा सुधारका निर्णयहरु हुन सकोस ।’
हाल नेपाली काङग्रेस नेतामुखी र शक्तिमुखि भएका कारण बिधि ,प्रकृयालाई पाखा लगाएर नातावाद ,अवसरवाद प्रसय दिने र पाउने प्रवृतिले हौसला र अवसर पाएको कारण ईमान्दार र निष्ठावान कार्यकर्ता र आम नागरिकमा नैराश्यता छाएको छ । त्यसता गलत प्रबृतिलाई चिर्दै जनतामुखी ,कार्यकर्तामुखी पार्टीका रुपमा नेपाली काङग्रेसलाई रुपान्तरित गरि संस्थागत निर्णय गर्ने ,पार्टीलाई बिधान सम्मत रुपमा परिचालन गर्ने ,एक ब्यक्ति एक पदको जिम्मेवारी प्रदान गर्ने ,भातृसंस्थाको समयमा महाधिबेशन गर्ने र बर्तमानका समस्याको निकास दिदै अगाडि बढने काङग्रेको मार्गचित्र यस महासमिति बैठकले कोर्नुपर्ने कांग्रेस जिल्ला सदस्य मखना महतो बताउँछन् ।
यसैगरि झापा ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका कांग्रेसका नेता डा. खगेन्द्रपाण्डव अधिकारीले कांग्रेसलाई नयाँ उर्जा दिने गरि महासमिति बैठकले नयाँ आशा कोर्नु पर्ने बताउँछन् । उनका अनुसार अहिले साढे आठ लाख कृयाशिल सदस्य छन्, परिवारका सदस्यले मात्र भोट हाल्दा पनि ३०–३५ लाख भोट आउनु पर्ने, तर भोट घट्दो छ । नेता हो खुलेआम अन्तर्घात गर्छ, बागी उठ्छन् , तर कांग्रेस छोड्दै छोड्दैन । स–गौरव जय नेपाल! म बिपिको असली कार्यकर्ता भन्न पनि भुल्दैन, भोट हाल्छ– अरु तिर । खुलेआम प्रजातन्त्रबादी हँु, जसलाई मन लाग्छ उसलाई भोट हालिन्छ भन्छ, अझ प्रजातन्त्रको अर्थ के हो भनेर उल्टै प्रति प्रश्न गर्छ । कस्तो बिडम्बना ! भएको ठान्नुहुन्छ । यो महासमिति बैठकले “रुख चिन्हसहितको चार तारे“ मात्र हो भन्ने गहिरो छाप दिन पनि झण्डा परिमार्जन गर्न पनि पर्ने सुझाव उनको भनाई छ ।
महासमिति सदस्य तथ कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पार्टीको महासमिति बैठकमा पार्टी कार्यकर्ताहरुको मात्रै नभएर आम नागरिकको कांग्रेसप्रतिको धारणाका बारेमा समेत छलफल हुनेमा विश्वस्त रहेको बताउँछन् । महासमिति बैठकमा नागरिकका गुनासाहरुको बिषयमा पनि गम्भिर छलफल हुनेछ । वर्तमान राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिकाका बिषयमा पनि प्रशस्तै प्रश्नहरु रहेकाले महासमिति बैठकले यसबारेमा ठोस निर्णय लिनेनै छ भन्ने लागेको उनको भनाई छ । संघियतालाई संस्थागत गर्न र नागरिकका बढ्दो अपेक्षा सम्बोधन गर्न पार्टीका नयाँ कार्यक्रमहरु महासमिति बैठकले ठोस निर्णयमा पुग्नु पर्ने बाँध्यता रहेको उनको भनाई छ ।
त्यसैगरी कांग्रेस महासमिति सदस्य समेत रहेकी दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले सबै कार्यकर्ताको भावना समेट्ने गरी महासमिति बैठकले निर्णय गर्ने अपेक्षा गरिएको बताईन् ।
महासमिति बैठकमा आफुले बिधान अनुसार भातृ संगठनहरुलाई परिचालीत गर्न सुझाव राख्ने उनले जानकारी दिईन् ।
कांग्रेस मुलुकको अभिभावक पार्टी भएकाले कांग्रेसको महासमिति बैठकलाई फरक आस्था र विचार राख्ने नागरिकहरुले पनि चासोका साथ हेरिरहेको भन्दै उनले नेपाली जनताको परिवर्तित अपेक्षा अनुसार महासमिति बैठकले कार्यक्रमहरु ल्याउने विश्वास रहेको बताए ।
नेपाल तरुण दल झापा जिल्लाका कार्यबाहक अध्यक्ष राजकुमार न्यौपानेले पार्टी नयाँ ढंगले अघि बढेकालेनै अहिले पहिलो पार्टी बन्न सफल भएको भन्दै महासमिति बैठक पछि अझ सशक्त ढंगले अघि बढ््ने गरि मार्गनिर्देश गर्नुपर्ने बताउँछन् । पछिल्लो समय ब्यवस्थामाथि आक्रमण गर्ने क्रम बढेको भन्दै यसलाई रोक्न पनि परिवर्तनकारी शक्तिहरु वीच सहकार्य गर्न आवश्यक रहेको र यसका लागि परिवर्तनकारी शक्तिहरुबीचको सहकार्यलाई निरन्तरता दिने नीति पार्टीले अवलम्बन गर्नुपर्ने अध्यक्ष न्यौपानेको भनाई छ ।

Leave a Reply

Your email address will not be published.