दमक,४ फागुन । दमकस्थित साहित्यकला सङ्गमले आफ्नो रचना वाचनको ३६ औं श्रृङखला शुक्रवार एक कार्यक्रमका वीच सम्पन्न गरेको छ।उक्त कार्यक्रममा साहित्यकारहरुले आफ्ना नव सिर्जनाहरु प्रस्तुत गरेका थिए । रचना वाचन गर्ने साहित्यकारहरुमा साहित्य कला सङ्गमका अध्यक्ष बिष्णु न्यौपाने, उपाध्यक्षहरु बिन्दु दहाल मुकदर्शक,यादवप्रसाद अधिकारी ,दुर्गा काफ्ले ,सचिब विवश बलिभद्र कोईराला,कोषाध्यक्ष ओमप्रसाद खनाल लगायतले आफना रचना पाठ प्रस्तुत गरेका थिए ।
त्यसैगरि साहित्यकारहरु अम्विकाप्रसाद सापकोटा, डा. लेखनाथ न्यौपाने,शारदा निरौला,डिल्लीराम निरौला, मेघनाथ बन्धु, बिरेन्द्र खडका , नारायण प्रसाद फुयल, पदम प्रसाद ओली,नरपति पाण्डे ,चन्द्रप्रसाद रिजाल लगायतले रचना वाचन गरेका थिए ।
साहित्य कला सङ्गमका ज्येष्ठ सदस्य यादव प्रसाद नेपालको प्रमुख आतिथ्यतामा र साहित्यकार प्रा. डा.गोविन्दराज भट्टराई र सुदुरपश्चिम प्रदेशका साहित्यकार लिलाधर बास्कोटाको बिशिष्ठ आतिथ्यतामा भएको उक्त रचना बाचन कार्यक्रम साहित्यकला सङ्गमका अध्यक्ष बिष्णु न्यौपानेको अध्यक्षतामा भएको थियो भने सञ्चालन सङ्गमका सचिब बिवश बलिभद्र काईरालाले गरेका थिए ।