तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् झापाको नेतृत्व चयन

झापा,४ फागुन । तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् झापाको नयाँ नेतृत्व चयन भएको छ ।परिषद्को बिर्तामोडमा सम्पन्न भएको चौथो जिल्ला अधिवेशनले जगत गुरुङको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन गरिएको हो । सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा उदय गुरुङ, महासचिवमा रामप्रसाद गुरुङ, संगठन सचिवमा भागिमान गुरुङ, प्रचार सचिवमा अम्बरबहादुर गुरुङ, कोषाध्यक्षमा रतनबहादुर गुरुङ र सह–कोषाध्यक्षमा सलबहादुर गुरुङ चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा कविता घले गुरुङ, गणेश गुरुङ, जीवनकुमार गुरुङ, दिलीपकुमार गुरुङ, धनकुमारी गुरुङ, धु्रवकुमारी गुरुङ, नविना गुरुङ, मानबहादुर गुरुङ, विर्खबहादुर गुरुङ, शंकर गुरुङ र हरि गुरुङ चयन भएका छन् ।
परिषद् झापाका अध्यक्ष टीकाराम गुरुङको अध्यक्षता तथा परिषद्का केन्द्रीय अध्यक्ष कर्णबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको थियो ।
सोही कार्यक्रममा गुरुङ समुदायमा उच्च शिक्षा हासिल गरेका चार जना उत्कृष्ट विद्यार्थी एमबीबीएस उत्तीर्ण सरस्वता गुरुङ, आर्किटेक इञ्जिनियरीङ उत्र्तीण अनुषा गुरुङ, बीएससी आईटी उत्र्तीण प्रतिमा गुरुङ र बीएससी रेडियोलोजी उत्तीर्ण संगीता गुरुङलाई सम्मानित गरिएको थियो ।
संगठन सचिव शिव गुरुङले संगठनको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा बिर्तामोड–१० का वडाध्यक्ष दुर्योधन गुरुङ, परिषद्का केन्द्रीय सदस्य आनन्द गुरुङ, प्रदेश अध्यक्ष होम घले, उपाध्यक्ष सावित्री घले, तमुस्यो ह्यूल छोंज धीं झापाकी अध्यक्ष अमृता गुरुङ, परिषद् मेचीनगरका अध्यक्ष सुवास गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
परिषद्का वरिष्ठ उपाध्यक्ष जगत गुरुङले स्वागत गरेको कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव रामप्रसाद गुरुङले गरेका थिए ।
गुरुङ महिला राष्ट्रिय परिषद् चयन
सोही अधिवेशनले दुर्गादेवी गुरुङको अध्यक्षतामा १४ सदस्यीय तमुस्यो ह्यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् झापाको नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्मत निर्वाचित परिषद्को उपाध्यक्षमा शशिकला गुरुङ, संगठन सचिवमा रसमाया गुरुङ, प्रचार सचिवमा विष्णुमाया गुरुङ, कोषाध्यक्षमा लक्ष्मी गुरुङ र सह–कोषाध्यक्षमा सोममाया गुरुङ चुनिएकी छन् ।
त्यस्तै सदस्यहरुमा कल्पना गुरुङ, खीनामाया गुरुङ, गंगा गुरुङ, चन्द्रकला गुरुङ, बलमाया गुरुङ, रीता गुरुङ, सुशिलादेवी गुरुङ र हीमा गुरुङ चयन भएकी छन् ।

 

Leave a Reply

Your email address will not be published.