दमक,५ फागुन । लिम्बू भाषिक गीतकार शान्ता केरुङसहित तीन जना म्यूजिक भिडियो निर्माता यूनिटले एकैसाथ कलाकार टोलीलाई सम्मान प्रदान गरेको छ ।दमकको सावाँको ढावा होटलमा आईतवार एक कार्यक्रम गरि हालै मात्र छायाङकन भएका पालाम, हाक्पारे म्यूजिक भिडियो निर्माण टोलीले कलाकार टोलीलाई धन्यवादसहित सम्मान प्रदान गरेको हो ।
सामाजिक क्षेत्रमा सक्रिय दमककी गीतकार केरुङसहित हाक्पारेकी गायिकाद्धय दुर्गा तुम्सा, कर्मिला आङदेम्बेले हालै मात्र लिम्बू भाषिक म्यूजिक भिडियो बनाएका हुन् । केरुङले २ वटा हाक्पारे, पालाम ३ वटा , एउटा फूङसेमा तथा गायिकाद्धय दुर्गा र कर्मिलाले एक÷ एक वटा हाक्पारे निर्माण गरेकी थिइन् ।
सोहि निर्माण टोलीले डाईरेक्टर चन्द्र फोरुम्बो, सिक्कम निवासी मुन्धुमी यायक सञ्चमान ताम्ली, कलाकारहरु हिमाल लछार्वो,जीवन केदेम,मिना नेम्बाङ,अभि चेम्जोङ, लासाङ निङलेखु, रविन्द्र निङलेखु, अमृता राई,चन्द्रकुमारी तुम्सा, सेसेहाङ फियाक , नरेनहाङ मेन्याङबोसहितका कलाकार टोलीलाई धन्यवाद तथा खादा ओढाएर सम्मान प्रदान गरिएको निर्मात्री दुर्गा तुम्साले बताईन् ।
कार्यक्रममा तिनै जना निर्मात्रीले कलाकार टोली, प्राविधिक टोलीलाई सम्मान प्रदान गरेकी थिइन् । त्यस अवसरमा डाइरेक्टर चन्द्र फोरुम्बो, निर्मात्री शान्ता केरुङ लगायतले लिम्बू भाषिक क्षेत्रमा हाक्पारे, पालामको महत्वलाई संरक्षण ,सम्बद्र्धन गर्न यस किसिमको गतिविधिले टेवा पुरयाँउने उल्लेख गरेका थिए ।कार्यक्रममा कलाकारहरुको टोलीले संगीतमय धाननाँच प्रस्तुत गरेर थप मनोरञ्जन प्रदान गरेका थिए ।