अर्जुनधारा ५ समाजसेवीका विद्यार्थीलाई न्यानो कपडा प्रदान

दमक ,२८ माघ । समाज रुपान्तरणमा जोड दिदैआएको सामाजिक संस्था खुशी जीवन नेपालले झापामा आफनो अभियानलाई निरन्तरता दिदैआएका छन् ।यसैक्रममा विहिवार संस्थाले बुधबार झापाको अर्जुनधारा -५ को समाजसेवी आधारभूत विद्यालयका विपन्न समुदायका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । संस्थाको दमक शाखाले एक कार्यक्रम गरि त्यहाँका विद्यार्थीहरुलाई जाडोका लागि न्यानो कपडा वितरण गरिएको केन्द्रीय अध्यक्ष महेन्द्र विश्वकर्माले बताए ।
सो कार्यक्रममा अध्यक्ष विश्वकर्मासहित दमक शाखाकी कमला राई, सदस्य अमृत भट्टराईसहितको टोलीले विद्यालयमा पुगेर ती सामाग्रीहरु प्रदान गरेका उनले बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नं ५ का अध्यक्ष गीताराज खडका , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र अधिकारी , महिला सदस्य चन्द्रकुमारी तामाङ लगायतको उपस्थिति रहेको थियो । यसैगरि , सोहि अवसरमा अर्जुनधाराकै फाल्गुनन्द छात्रवासमा रहेका दुई जना विद्यार्थीलाई न्यानो कपडासहित शैक्षिक सामाग्रस्ीहरु प्रदान गरिएको थियो ।
ती सामाग्रीहरु वितरण गर्दे अध्यक्ष वोराले संस्थाको एकमात्र ध्येय भनेको समाज परिवर्तन भएकाले यसमा सवैको सहयोग आवश्यक भएको औल्याएका थिए ।
उनका अनुसार संस्थाले दमक नगरपालिकाको सिफारिसमा हाल दमकका विभिन्न वडामा समाज परिवर्तनका लागि सचेतनामूलक नाटक मञ्चन गर्नुका साथैं असहाय,विपन्न समुदायमा आधारित सेवामूलक कार्यहरु गरिआएको छ । संस्थाले समाजमा समस्याका रुपमा रहेको लागूऔषध, महिला हिंसा विरुद्ध सडक नाटक मञ्चनका साथै अति विपन्नलाई शैक्षिक सामाग्री , लत्ताकपडाहरु समेत उपलव्ध गराउदै आएको दमककी शाखा सञ्चालिका राईले जानकारी दिइन् । रुपन्देहीमा मुख्य कार्यालय रहेको सो संस्थाले बुटवलसहित दमकमा विभिन्न सेवामूलक कार्यहरु गरिआएको छ ।

Leave a Reply

Your email address will not be published.