सम्पत्ति शुद्धीकरण मुद्दामा पुरी दोषी ठहर

झापा, २८ माघ । नेकपा माओवादी केन्द्रका कोशी प्रदेश कमिटीका कोषाध्यक्ष दमक निवासी रेवतराज पुरी (गगन ) सम्पत्ति शुद्धीकरण मुद्धामा दोषी ठहर भएका छन्। आइतबार विशेष अदालतले उनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि पेसी तोकेको हो।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो। मुद्दा दायर भएको तीन वर्षपछि विशेषले फैसला सुनाएको हो। विशेषका प्रवक्ता धनबहादुर कार्कीका अनुसार गगनका साथै उनकी श्रीमती केशावती पुरीले चार करोड रुपैयाँभन्दा बढी सम्पत्ति शुद्धीकरण गरेको भेटिएको छ । ६ फागुनमा उनीहरूलाई विशेषले सजाय सुनाउनेछ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पुरीसमेत ६ जनालाई प्रतिवादी बनाउँदै २१ माघ ०७७ मा मुद्दा दायर गरेको थियो। अदालतमा मुद्धा हुँदाहुँदै उनी २०७९ मा गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्यका उम्मेदवार बनेका थिए । उनी दमक ९ स्थित सरस्वती माविका पनि व्यवस्थापन समिति अध्यक्ष हुन् । पछिल्लो समय दमकमा खोलाको सौन्दर्यकरणमा सक्रिय उनी दशक अघिदेखि दमक –रवि चिसोपानी सडक ( फाल्गुनन्द मार्ग) को उपभोक्ता समिति अध्यक्ष हुन् ।

Leave a Reply

Your email address will not be published.