शुभविहानी टोलको अध्यक्षमा पुनः चापागाई

दमक ,२७ माघ । दमक -९ स्थित शुभविहानी टोल बिकास संस्थाको अध्यक्षमा पुनः दिपु चापागाई (सन्दिप) चयन भएका छन् । बौद्धमार्गी तामाङ समुदायको महान चाड तमु ल्होसारको अवसर पारेर आज सम्पन्न संस्थाको साधारणसभाको बन्दसत्रले पुनः युवा व्यवसायी तथा सामाजिक व्यक्तित्व चापागाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको रहने छ ।
निर्विरोध निर्वाचित समितिको उपाध्यक्षमा विजय पौडेल,सचिवमा रमेश खनाल र कोषाध्यक्षमा प्रतिमा लिम्बू चुनिएका छन् । यसैगरि सदस्यहरुमा रामकुमार कुँवर,नारायण नेपाल, बसुदा खातुन,शंकर साह, बिनोद धिमाm,कुसुम कोइराला, रमा शिवा लगायत रहेका छन् ।
संविधानसभाकी सदस्य नेतृ महेन्द्रकुमारी लिम्बूको प्रमुख आतिथ्यतामा तथा दमक ९ का वडा अध्यक्ष कुबेर भट्टराईको बिशिष्ट आतिथ्यतामा भएको साधारणसभामा आर्थिक तथा बार्षिक कार्यप्रगति विवरण समेत पारित गरिएको थियो । साधारणसभाले संस्थाले प्रस्तुत गरेको प्रतिवेदन अनुसार टोल भित्र सामूहिक रूपमा आफ्नो परम्परा, संस्कृति र रितिरिवाज झल्काउने हरेक चाड पर्व सामूहिक रुपमा मनाउदै आएको, टोलमा कसैको मृत्यु भएमा टोल बिकासबाट शव वाहन, दाउरा वा संस्कार अनुसार खर्च गरिआएको, हरेक वर्ष दसैमा लिगें पिङ र तिहारमा देउसी भैलो सामूहिक रूपमा खेल्दैआएको उल्लेख छ । यस्तै, टोलबासी भित्र मासिक रुपमा बचत गरिआएको व्याजको रकम टोलकै बिकासमा नै खर्च गरि आएको र यस्ता कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने समेत निर्णय भएको नवनिर्वाचित अध्यक्ष चापागाईले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.