दमक ,२२ माघ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पन्नी लिमीटेड दमक शाखाले आज एक जना विमितको रु ५ लाख २० हजार बिमा दावी भुक्तानी दिएको छ ।दमक उद्योग वाणिज्य संघमा आज एक कार्यक्रमका गरि कम्पन्नीले दमक- १ का बिमीत रामकिशोर साहलाई रु ५ लाख २० हजार बिमा दावी भुक्तानी प्रदान गरेको हो । बिमित साहलाई विमा दावी रकम कम्पन्नीका दमक शाखा प्रमुख सुमन दुलाल, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई र महालक्ष्मी विकास बैंक दमक शाखाका प्रमुख अमित पोख्रेलले संयुक्त रुपमा चेक हस्तान्तरण गरे ।
दमक -१ निवासी साहले सञ्चालन गरेको सुस्मिता किराना पसलमा गत मंसिर १५ गते विद्युत सर्ट भई आगोलागी भएको थियो । आगोलागीबाट लाखौं मूल्य बराबरका सरसमानहरु नष्ट भएको थियो ।
उक्त कम्पन्नी निर्जिवन बिमाका क्षेत्रमा विगत ३४ वर्षदेखि सेवारत रहेको जनाईएको छ । कम्पन्नीले विमित साहलाई बिमा दावी भुक्तानी प्रदान गर्दे शाखा प्रमुख दुलालले छिटो र सहज ढंगबाट बिमा दावी भुक्तानी उपलव्ध गराउन कम्पन्नीले आम ग्राहकको मन जित्दैआएको उल्लेख गरे ।