दमक ,२२ माघ । किरात याक्थुङ लिम्बू थाम्लासो पापोहाङ आङदेम्बे सयङहरुको सेवा समितिले मुन्धुमी मुकुम्लुङ देवस्थललाई केवलकार बनाउने नाममा मास्न नहुने बताएको छ ।
ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल मुकुम्लुङमा जर्वजस्ती केवलकार बनाउने कार्य धार्मिक तथा आम जनताको भावना विपरीत भएको भन्दै समितिले स्थानीय समुदाय माथिनै आक्रमण हुने गरि विकासको व्यापारी धन्दा कार्य अविलम्ब रोकिनु पर्ने धारणा अघि सारेको छ ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका- १ अम्लाबुङमा रहेको केन्द्रीय कार्यलयले आज वक्तव्य निकालेर मुन्धुमी मुक्कुमलुङ देवस्थल जोगाउने पूर्वमा भईरहेको संघर्षका कार्यत्रमहरु प्रति सिंगो समितिको साथ र ऐक्यवद्धता रहेको उल्लेख गरिएको छ ।
समितिका केन्द्रीय अध्यक्ष राजकुमार आङदेम्बे,सचिव देवेन्द्र आङदेम्बे, उपाध्यक्ष धनसिंह आङदेम्बेले संयुक्त रुपमा निकालेको विज्ञप्तिमा विकासको नाममा मुकुम्लुङ माथि भईरहेको संस्कृति मास्ने कार्य यहाँका आदिवासी ,जनजाति ,भूमिपुत्रहरुका लागि कदापि स्वीकार्य नभएको उल्लेख गरेको छ ।
विज्ञप्तिमा भनिएको छ , –‘ कुनैपनि जातजाति तथा समुदायहरुको भावना माथि आघात पुग्ने गरि राज्यले मच्याएको यस किसिमको आतंक नरोके कडा प्रतिवादमा उत्रन बाँध्य हुने छौं । यस प्रतिराज्यको ध्यान जानुपर्छ ’
समितिले गत माघ १२ गते केवलकार वनाउने पक्षसहित राज्यनै लागेर निहत्था नागरिक माथि भएको अपराधको निन्दा समेत गरिएको उल्लेखछ । ताप्लेुङमा मुन्धुमी बचाउ पक्षका सगुन लावती,याम लिम्बू र धर्म पालुङवासहितका आन्दोलनकारीहरु माथि प्रहरीबाट गोली हान्नेसम्मका घटना सार्वजनिक भएकाले निहत्था नागरिकमाथि राज्यनै लागेर दमनमा उत्रने राज्यको चालचलन प्रति विरोध समेत गरिएको उल्लेख छ ।
समितिले प्रहरीबाट घाईते बनाइएका प्रहरी तथा गोली हान्ने आदेश दिने अधिकारीलाई समेत कारवाही गर्न समेत आग्रह गरिएको छ । घाईते तीनै जनाको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको जारी विज्ञप्तिमा जनाईएको छ ।