मंगलमयमा सरस्वती पूजा मनाईयो

दमक,२१ माघ । सरस्वती पूजाका अवसरमा झापाको कमल ५ पाडाजुंगीस्थित मंगलमय माविमा विशेष कार्यक्रम गरि सरस्वती पूजा मनाइएको छ ।विद्यालय हातामा स्थापना गरिएको सरस्वती मन्दिरमा विद्यार्थी तथा शिक्षकहरुले सामूहिक रुपमा पूजा आराधना गरि मनाइएको प्रधानाध्यापक मोहन बगाले थापाले बताए । विद्यालयले बर्षेनी सरस्वती पूजामा विशेष कार्यक्रम गरि मनाउदै आएको उनले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराज सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा विद्यालय समिति,अभिभावक,शिक्षकहरु समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.