मुक्कुम्लुङ बचाउँ आन्दोलन प्रति मेयर थापाको ऐक्यवद्धता

दमक,२१ माघ । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले मुक्कुम्लुङ संरक्षण र केबलकार खारेजी संयुक्त संघर्ष समितिले सञ्चालन गरेको आन्दोलनका कार्यक्रमहरु प्रति आफनो ऐक्यवद्धता रहेको बताएका छन् ।
संर्घष समितिले आव्हान गरेको दुई दिने बन्दका क्रममा सोमबार दमक चौंकको सडकमै पुगेर उनले यस आन्दोलन प्रति ऐक्यवद्धता जनाएका हुन्। वन्दकर्ताहरुको विरोध कार्यक्रममा सहभागि हुदैं उनले पाथीभराको प्राचिनता ,ऐतिहासिकता माथि व्यापारका नाममा कला,संस्कति मास्ने कार्य कसैलाई पनि स्वीकार्य नहुने उल्लेख गरे । उनले पहिचानको यस आन्दोलनप्रति आफनो पार्टीको पूर्ण समर्थन भएको सुनाए ।
राप्रपा कोशी प्रदेश समितिका अध्यक्ष समेत रहेका थापाले देश भित्रका सवै जातजातिको संस्कृति,सभ्यता,पर्यावरणलाई राज्यबाट संरक्षण,सम्बद्र्धन गर्नका सट्टा आँच आउने कार्य हुनु दुखद भएको बताए । राज्यबाट नै जातजातिका नाममा समाजलाई द्धन्दमा फसाउने कार्य हुदै जानु चिन्ताको विषय भएको उनको भनाई थियो ।पाथीभरामा केवलकार जर्वजस्ती बनाउने कार्य रोकेर वार्तामार्फत निकास खोज्न समेत राज्यले ढिलाई गर्न नहुने उनले उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published.