दमक,२१ माघ । सरस्वती पूजाका अवसर पारेर दमक नगरपालिकाले नयाँ व्यवस्थापनका साथ दमकको राधाकृष्ण मन्दिरसंगै पुस्तकालय तथा वाचानलय सञ्चालनमा ल्याएको छ ।
दमक- ७ मा रहेको राधाकृष्ण मन्दिरसंगैको भवनको माथिल्लो तलामा सोमबारदेखि नगरपालिकाले दमक पुस्तकालय तथा वाचानालय सञ्चालनमा ल्याएका हुन् । यसअघि नगरपालिका परिषरमा पुस्तकालय सञ्चालनमा रहेको थियो ।
नगरपालिका परिषर भित्र सञ्चालित पुस्तकालयमा सर्वसाधरणहरुको आर्कषण हुन नसकेको भन्दै उनले अव वजार क्षेत्रमै इ–लाइव्रेरीको लक्ष्यसहित नयाँ व्यवस्थापनका साथ पुस्तकालयको प्रभावकारीता आउने बताए । पुस्तकालयको दमक बहुमुखी क्याम्पसका पूर्व प्रमुख मोहन भण्डारीले उद्घाटन गरे ।
दमक प्रज्ञा प्रतिष्ठानका पूर्व सचिव विष्णु न्यौपानेका अध्यक्षता तथा दमक बहुमुखी क्याम्पसका पूर्व प्रमुख मोहन भण्डारीको प्रमुख आतिथ्यतामा भएको पुस्तकालय उद्घाटन कार्यक्रममा वक्ताहरुले शैक्षिक विकासले मात्र देश समृद्धि हुने जोड दिएका छन् । पठन संस्कृति हराउदै गएकोमा चिन्ता व्यक्त गर्दे उनीहरुले समाज विकासमा यस्ता पुस्तकालयको योगदान महत्वपूर्ण हुने चर्चा गरे ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले नगरपालिका भित्र लामोसमयदेखि अव्यवस्थित हुदैआएको पुस्तकालयलाई जीवन्त मात्र नभएर प्रविधियुक्त पुस्तकालय बनाउने लक्ष्यका साथ यस पुस्तकालय सञ्चालनमा ल्याईएको जानकारी दिए । उनका अनसार पुस्तकालय त्तत्कालीन दमक प्रज्ञा प्रतिष्ठानले सञ्चालन गर्देआएको र हाल त्यो प्रतिष्ठान समेत गठन हुन नसक्दा समस्या हुदैआएको थियो । पुस्तकालयमा आर्कषण बढाउन नगरपालिकाको १५ औ नगर सभाबाट निर्णय भई ठाँउ समेत स्थानन्तरण गरि सञ्चालनमा ल्याईएको उनले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले पुस्तकालय ज्ञान प्राप्तगर्ने एकमात्र गतिलो भण्डार भएको भन्दै यसले समाज रुपान्तरणमा सघाउँ पुरयाँउने औल्याए ।
दमक बहुमुखी क्याम्पसका प्रमुख यज्ञराज गिरी (राम) ले मानव विकासमा शिक्षाको महत्वपूर्ण भूमिका हुने विचार राखे । शिक्षा ग्रहण गर्न यस्ता पुस्तकालयले सघाउँ पुरयाँउने उनको भनाई छ ।
पुस्तकालयमा विभिन्न विषयका नेपाली,अंग्रेजीका गरि करिव २७ सय पुरस्तकहरु संग्रहीत छन् । पुस्तकालयमा राजनीतिक ,सामाजिक, इतिहास ,भुगोल लगायत हरेक किसिमका पुस्तकहरु राखिएका छन् ।
पुस्तकालय उद्घाटन समारोहमा दमक- ७ का वडाअध्यक्ष भिमप्रसाद पौडेल,कार्यापालिका सदस्य विना साह, पृथ्वी माविका प्रअ विष्णुकुमार राई, दमक बहुमुखी क्याम्पस सञ्चालक समितिकी उपाध्यक्ष रिता बस्नेत श्रेष्ठ,नगरपालिकाका प्रशासन शाखा अधिकृत यज्ञराज निरौला, सामाजिक विकास शाखाका प्रमुख केशव प्रसाई, शिक्षा शाखा प्रमुख प्रविण खड्का, आईटी शाखा प्रमुख समिप चुडाल लगायतको उपस्थिति रहेको थियो ।