मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

बिर्तामोड, २१ माघ । मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा झापाको कनकाईमा आज विहान एक जना चालकको ज्यान गएको छ ।मृत्यु हुनेमा झापा गाउँपालिका ६ शरणामती निवासी ५० वर्षीय हरिप्रसाद सिटौला रहेका छन् । झापाको पूर्वपश्चिम राजमार्गस्थित कनकाई नगरपालिका -१ जुकेकल्भर्टमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ४प ९५० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा सिटौला गम्भीर घाइते भएका थिए ।
घाइते सिटौलाको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पताल पु¥याउन साथ बिहान ५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ठक्करबाट पैदलयात्रीको मृत्यु
मोरङको उर्लावारी -३ मंगलबारेमा मोटरसाइकलको ठक्करबाट एक जना बृद्ध पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर ४ का अन्दाजी ७० बर्षिय फौदसिंह बिक रहेको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउदै गरेको को २८ प २२९३ नम्बरको मोटरसाइकलको ठक्करबाट घाईते विकलाई तत्काल मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा पुरयाइएको थियो । उनको उपचारका क्रममा सोमबार अपरान्ह ४ बजे मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published.