कमल,२१ माघ । झापा ,कमल गाउँपालिका २ क्याम्पाकी मिगौला रोगी विरामीलाई मेचीकाली बुहारी संयुक्त आवाजले आर्थिक सहयोग रकम प्रदान गरेको छ ।मिगौला रोगी २३ वर्षीया रोजिना दर्जीको उपचारमा सघाउँ पुरयाउँन संस्थाले नगद २६ हजार १ सय १० रुपैयाँ प्रदान गरिएको मेचीकाली बुहारी संयुक्त आवाजकी अध्यक्ष चन्द्रकला काफ्लेले बताईन् ।
सामाजिक कार्यमा काम गर्ने उद्देश्यले देशभरिका ५७ जिल्लासम्म आफनो सामाजिक सञ्जाल विस्तार गरिसकेका छन् ।आर्थिक अवस्था कमजोर भएकी उनी विगत दुई वर्षदेखि डायलासिस सहारामा उपचारत छिन् । बिरामीकी आमा क्यामुना दर्जीले मिगौला रोगी छोरीको जीवन बचाईदिन सहयोगको याचना गरिआएकी छन् ।
संस्थामा आवद्ध बुहारीहरूले आफ्नो खाजा खर्च कटाएर मासिक एक सय रुपैयाँ जम्मा गर्ने र सोही रकमबाट असहाय,गरिव तथा पीडितहरुलाई सहयोग गदैं आएको संस्थाकी सह-संयोजक रोशनी खनाल अधिकारीले बताईन् ।
सहयोग हस्तान्तरणमा मेचीकाली बुहारी संयुक्त आवाजकी झापा जिल्ला अध्यक्ष गंगा भट्टराई ,केन्द्रीय सदस्य निर्मला नेपाल, कमलकी संयोजक चन्द्रकला सुब्बा, सदस्य केशरा बर्देवा लगायतको उपस्थिति रहेको थियो ।