साहित्य कला सङ्गम दमकद्वारा पुरस्कार अर्पण समारोह सम्पन्न

दमक, २८ पुस । साहित्य कला संगमद्वारा आज दमकमा आयोजित १४१ औँ लेखनाथ जयन्ती तथा पुरस्कार अर्पण समारोह सम्पन्न भएको छ । सङ्गमका पूर्वअध्यक्ष, स्वर्गीय रुद्र निरौलाको स्मृतिमा स्थापित रुद्र निरौला स्मृति पुरस्कार २०८१ द्वारा इलामकी कवि रिता पोख्रेल पुरस्कृत भएकी छिन् । त्यस्तै सङ्गमकै सञ्चालक सदस्य विरेन्द्रकुमार खड्काले आफ्ना मातापिताका नाममा राखेका चन्द्रवीर खड्का स्मृति पुरस्कार -२०८१ म्याराथन धावक सरोज सिंहलाई अर्पण गरिएको छ ।
दमक ७, र ६ को सङ्गममा रहेको कवि शिरोमणि लेखनाथ पौडेलको शालिकमा माल्यार्पण गरी पौडेल वंश उत्थान प्रतिष्ठानको सभाहलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको यो कार्यक्रममा सिस्नुपानी नेपालका अध्यक्ष, हास्यव्यङ्ग्य कवि, लक्ष्मण गाम्नागेको प्रमुख आतिथ्य रहेको थियो । संस्थाका अध्यक्ष विष्णु न्यौपानेको अध्यक्षता महासचिव दीपक सुवेदीले सञ्चालन र उपाध्यक्ष बिन्दु दाहाल मूकदर्शकले स्वागत मन्तव्य राखेसँगै सुरुभएको कार्यक्रममा विभिन्न स्रष्टाहरुले कवि शिरोमणि लेखनाथ पौडेललाई सम्झँदै रचनाहरू प्रस्तुत गरेका थिए । रचना वाचनमा तुलसीप्रसाद भट्टराई, दुर्गा सिग्देल, दिलिप राई सगर, विवेक दुलाल क्षेत्री, शारदा निरौला, राम उपाध्याय नेपाल लगायतका कविहरूले ।
कार्यक्रममा दमक प्रज्ञा प्रतिष्ठानका निवर्तमान अध्यक्ष हेमनाथ अधिकारी, साहित्यकार जीवनहरि शर्मा, प्रतिभा निकेतन दमकका अध्यक्ष कमलराज भट्टराई र गौरादह जेसीजका अध्यक्ष खड्ग बहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए ।
सम्मानित दुवै प्रतिभाहरूले आफूलाई सम्मान तथा पुरस्कार प्रदान गरी जिम्मेवार बन्न, केही गरेर देखाउन हौसला प्रदान गरेकोमा साहित्य कला सङ्गमप्रति आभार प्रकट गरेका थिए । प्रमुख अतिथि लक्ष्मण गाम्नागेले सङ्गमले गरेका कामहरूको प्रशंसा व्यक्त गरेका थिए।
संस्थाका अध्यक्ष विष्णु न्यौपानेले सबैलाई धन्यवाद दिदै सिस्नुपानी नेपाल र साहित्य कला सङ्गमको संयुक्त आयोजनामा पूर्वका हास्यव्यङ्य कविहरूलाई एउटै मञ्चमा उभ्याएर एउटा राम्रो हास्यव्यङ्य कार्यक्रम राख्न सङ्गम तयार रहेको उल्लेख गरेका थिए।
कार्यक्रममा उपाध्यक्ष यादव अधिकारी झाँक्रीखोले, सदस्य डाक्टर लेखनाथ न्यौपाने , सदस्य मेघनाथ बन्धु खेमलाल पोखरेल, गोपाल दाहाल, शिशिर भट्टराई, डिल्लीराम निरौला, अम्बिकाप्रसाद सापकोटा, सीता ढुङ्गेल, खड्गबहादुर खड्का, एन।वी। दाहाल लगायत ६७ जना साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.