दमक,२८ पुस । होटल व्यवसायी संघ दमकको अध्यक्षमा दोश्रो कार्यकालका लागि पुनः योगराज दंगाल चयन भएका छन् ।शनिबार इलामको चुलाचुलीस्थित पर्यटकीयस्थल चपेटीमा सम्पन्न वनभोजसहितको १६ औं बार्षिक चुनावी साधारणसभाले दंगालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा राजकुमार गौतम, महिला उपाध्यक्षमा सकुन्तला कार्की, उपाध्यक्षमा रुद्र कार्की, महासचिवमा भुपेन्द्र न्यौपाने र सचिवमा रमेश दाहाल लगायत चुनिएका छन् ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यता तथा उपप्रमुख रेगिना भट्टराई प्रसाइँको विशिष्ट आतिथ्यतामा भएको साधारणसभाको उद्घाटनमा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँ, होटल व्यवसायी महासंघ कोशी प्रदेश अध्यक्ष राजन दंगाल, दमक ७ का वडाध्यक्ष भिम पौडेल, ८ का वडाध्यक्ष धर्मप्रसाद दाहाल , ९ का वडाध्यक्ष कुबेर भट्टराई ,संघमा आवद्ध होटल व्यवसायीहरु ,सञ्चारकर्मीहरु लगायतको आतिथ्यता रहेको थियो ।
सो अवसरमा होटल व्यवसायी संघ दमकका संस्थापक अध्यक्ष समेत रहेका होटल व्यवसायी संघ प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष राजन दंगालसहित दमकका होटल व्यवसायी चेतबहादुर राउत (काजी)लाई होटल व्यवसायको क्षेत्रमा अग्र्यानिक खानेकुराको प्रवद्र्धन गरेको भन्दै संघले सम्मान समेत गरेको छ ।