कमल रेडक्रसमा नयाँ कार्यसमिति चयन

दमक,२९ पुस । नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाको नयाँ कार्यसमिति चयन भएको छ । सभापतिसहित कोषाध्यक्ष, उपसचिव, उपकोषाध्यक्ष र महिला सदस्यमा निर्विरोध भएपनि उपसभापतिसहित सचिव र चार सदस्य पदमा भने सोमबार निर्वाचन भएको थियो । उपसभापतिमा नरमाया तामाङले १६० मत प्राप्त गरि विजयी भईन् भने उनका प्रतिद्धन्दी चन्द्रकला भण्डारीले ११८ मत ल्याएकी थिईन् ।
सचिवमा पारषमणि राईले १३९ मत ल्याएर विजयी भए उनका प्रतिद्धन्दी किरण चाम्लिङले १२९ मत ल्याएका थिए । पराजीत भण्डारी रेडक्रस उपशाखाकी निर्वतमान उपाध्यक्ष हुन् भने सचिवमा पुनः पारषमणिले १० मतान्तरले जित हासिल गरेका हुन् ।
यसैगरि, चार सदस्यहरुमा सवैभन्दा सर्वाधिक १७२ मत ल्याएर रविन कार्की विजयी भए । यस्तै , एकराज प्याकुरेल (१६७ ) , केशव तिम्सिना ( १६१) ,दिलकुमारी गुरुङले १४८ मत ल्याएर विजयी भएको रेडक्रस झापाका उपमन्त्री समेत रहेका निर्वाचन अधिकारी प्रकाशचन्द्र खरेलले बताए । ४१३ मतदाता रहेको उपशाखाको निर्वाचनमा २८२ मत खसेको थियो ।
११ सदस्यीय कार्यसमितिमा सभापतिमा चौथो कार्यकालका लाग पुनः चन्द्र साह, उपसचिवमा विष्णु सुब्बा आङदेम्बे, कोषाध्यक्षमा प्रमोदकुमार दाहाल ,उपकोषाध्यक्षमा सन्तोष राई र महिला सदस्यमा बिमला भट्टराई निर्विरोध चुनिएका थिए । निर्विरोध सवै निर्वतमान समितिको सोहि पदकै जिम्मेवारीमा रहेका थिए ।यसैगरि, पराजित हुने सदस्यमा सृजना निरौला (११५), विष्णु बगाले (१४५),सिताराम बाँस्तोला (९३ ) ल्याएका निर्वाचन समितिले जनाएको छ ।
उपशाखाको निर्वाचनमा प्रदेश सभा सदस्य बन्दना झाँगड, कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई लगायतले मतदान गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published.