सताक्षीधामको नेतृत्वमा पुनः बोखिम

दमक,२८ पुस । जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल सताक्षीधामको नेतृत्वदायी संस्था ‘सतासीधाम धार्मिक तथा पर्यटन विकास समिति ’ को अध्यक्षमा तुला बोखिम निर्वाचित भएका छन् ।
धाममा शनिवार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले ७२४ मत प्राप्त गरि पुनः अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनले आफना प्रतिद्धन्दी उदयप्रकाश राई र शिवसताक्षी नगरपालिकाकी निर्वतमान उपमेयर भोजकुमारी नेपाल दुवैलाई फराकिलो मतान्तरले धाम अध्यक्षमा निर्वाचित भएका हुन् । धामका निर्वतमान उपाध्यक्ष समेत रहेका राईले ३६९ र नेपालले २०४ मत ल्याएकी थिइन् ।
यसैगरि, उपाध्यक्षमा कृष्णप्रसाद खरेलले ८२७ मत ल्याई विजयी हुदाँ उनका प्रतिद्धन्दी मोहन पौडेलले २८८ मत प्राप्त गरे । यसैगरि, सचिवमा ७९६ मत ल्याएर कालिप्रसाद रिजाल विजयी हुदाँ उनका प्रतिद्धन्दी मोहन राईले ४४० मत ल्याएका थिए ।
सहसचिवमा ७३४ मत ल्याएर डिकबहाुर बुढाथोकी निर्वाचित भए भने उनका प्रतिद्धन्ी भगिरथ घिमिरे ( १२५ ), मोहन अधिकारी (३३१ ) प्राप्त गरे । कोषाध्यक्षमा झमकबहादुर गौतमले ६९३ मत ल्याएर विजयी भए भने उनका प्रतिद्धन्दी भिमबहादुर कार्कीले ४७९ मत प्राप्त गरे ।
यसैगरि, सदस्यमा कुवेरनाथ लुईटेल( ५७९), गणेश भेटवाल (६४२),गंगाधर तिम्सिना (५९५) , डिल्लीराम भण्डारी (५२२) ,दाताराम विष्ट (५४७) ,योगनिधि बाँस्तोला (५४१) ,खनिमाया श्रेष्ठ (६५४) र निर्मला यादव (५८२) मत ल्याएर विजयी भएको निर्वाचन समितिका संयोजक दिपक न्यौपानेले बताए ।
सदस्यमा पराजित हुने ललिता सापकोटा (३३९ ), दिलकुमारी बस्नेत (२६२) ,सन्तकुमार राई (५११),सन्तकुमार आङदेम्बे (३२६ ), मनबहादुर थापा (२०९),प्रकाश श्रेष्ठ (२१३) ,धनबहादुर पराजुली (४७५) ,डम्बरबहादुर दाहाल (४६२) ,गोकुल पौडेल (४६७) मत प्राप्त गरेका थिए ।
दुई वर्षे कार्यकालका लागि भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले प्यानल वनाएर चुनावी प्रतिष्पर्धामा उत्रिएका थिए । कांग्रेसका बोखिम यसअघि समेत धामलाई नेतृत्व गरिआएका थिए ।निर्वाचनमा १९०९ मतदाता मध्ये १३१३ मत खसेको थियो ।
यसैवीच , धामका नवनिर्वाचित अध्यक्ष बोखिमले सताक्षीधामको समग्र विकास र प्रर्वद्वनका लागि फेरि पनि आफूले यो अवसर पाएकाले त्यसमा आफू प्रतिवद्धका साथ काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
उनले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न धामका सम्पूर्ण आजीवन सदस्यहरु,निर्वाचन मण्डल, सुरक्षाकर्मी,राजनीतिक दल,शुभचिन्तकहरुले पुरयाँउनुभएको सहयोग प्रति आभार व्यक्त गर्दे धन्यवाद दिएका छन् ।

Leave a Reply

Your email address will not be published.