डिपिएल दमकको अध्यक्षमा तिम्सिना

दमक,२८ पुस । डाइनामिक पब्लिक लाइब्रेरी (डिपिएल ) दमक शाखाको नयाँ नेतृत्व चयन भएको छ ।शनिवार सम्पन्न दशौं साधारणसभाले अस्विन तिम्सिनाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको छ । निर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा पूर्णिमा तिम्सिना, महासचिवमा पर्वत बस्नेत, चार उपाध्यक्षहरुमा तुषार थापा, वर्षा निरौला, अर्जुन निरौला, खुस्बु अन्सारी र कोषाध्यक्षमा दिप नेम्वाङ्ग चुनिएका छन् ।
यसैगरि, तीन निर्देशकमा सिता आचार्य,सुमन निरौला,सुजन बिष्ट र सदस्यहरुमा भरतमणि न्यौपाने, सरोज आचार्य र अनिल कोइराला निर्वाचित भएका छन् ।
डिपीएलको नवनिर्वाचित समितिको सम्पन्न पदास्थापन कार्यक्रममा नवनिर्वाचित अध्यक्ष तिम्सिनासहित वरिष्ठ उपाध्यक्ष पूर्णिमा तिम्सिना, उपाध्यक्ष बर्षा निरौला, निर्देशक समेत रहेका स्मारिका स्कूल इसिए सहसंयोजक सुजन बिस्ट सदस्य सरोज आचार्य लगायतले पठन संस्कृतिको विकास गर्न डिपीएलले पुरयाँउदै आएको योगदानका विषयमा चर्चा गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published.