दमक,२७ पुस । झापाको कमल गाउँपालिका -५ पाडाजुंगीस्थित मंगलमय माविको ५३ औं बार्षिकोत्सव तथा अभिभावक दिवस शनिवार सम्मान तथा पुरस्कार वितरण गरि मनाएको छ ।
विद्यालयमा आयोजत बार्षिकोत्सव कार्यक्रममा विभिन्न अक्षयकोषबाट पुरस्कृत हुने विद्यार्थीहरु ,उत्कृष्ठ अभिभावक , उत्कृष्ठ शिक्षक तथा कर्मचारीहरु, अनुशासित ,सरसफाई लगायतका विविध क्षेत्रमा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो।
विद्यालयमा स्थापित बिष्णुमाया थापा अक्षयकोष पुरस्कारबाट कक्षा १२ ( २०८०) सर्वोकृष्ट हुने छात्रातर्फ भिमाकुमारी बस्नेत र छात्रतर्फ कृष्ण बस्नेतलाई नगद तथा प्रंशसापत्रसहित पुरस्कृत गरियो ।
त्यसैगरि, विद्यालयले यसवर्ष उत्कृष्ठ शिक्षक तथा कर्मचारीहरूतर्फ कुमार दाहाल ,दिपक सापकोटा , रत्न थापा ,सरोज श्रेष्ठ , प्रतिमा पन्त , रितादेवी खतिवडा , सरिता घिमिरे , राजकुमार ओझालाई सम्मान प्रदान गरिएको हो । यसैगरि, उत्कृष्ठ अभिभावकका रुपमा साबित्रा थापा ,उत्कृष्ट विद्यार्थी शिला मर्डी ,वर्ष अनुशासित विद्यार्थी स्मृति अधिकारी र वर्ष सरसफाई विद्यार्थीका रुपमा दिवा रसाइली पुरस्कृत भईन ।
यसैगरि ,विद्यालयबाट सेवा निवृत्त शिक्षकहरू ओमप्रसाद खनाल,अभिनारायण तिम्सिना ,अम्बिकाकुमारी खड्कालाई सम्मान- पत्रद्धारा सम्मानित गरिएको प्रधानाध्याक मोहन बगालेले बताए ।
उनका अनुसार स्थानीय सामाजिक व्यक्तित्व तारादेवी अधिकारी बस्नेतलेरू १ लाख १ हजार १ सय ११ रुपियाको रोशन वहादुर बस्नेत स्मृति छात्रवृत्ति अक्षयकोष स्थापना गरिन् । सोहि कार्यक्रममा शैक्षिक सत्र २०८० मा कक्षागत रूपमा प्रथम , दोश्रो र तेश्रो स्थान हासिल गर्ने विद्यार्थीहरु तथा पुस २४ र २५ गते आयोजित खेलकुद बिधाका बिजेता बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराज सापकोटाको अध्यक्षतामा भएको बार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका सभापति विश्वनाथ बराल रहेका थिए ।