हुलाकी सडकले फेरियो गौरीगञ्जको मुहार

गौरीगञ्ज,१९ पुस । जिल्लाको पुरानो बजार गौरीगञ्जको मुहार हुलाकी सडक निर्माणसँगै फेरिएको छ । बजारको करिब डेढ किलोमिटर क्षेत्रमा भने ‘फोर लेन’को सडक निर्माण भएको छ । यो सडक बनेपछि गौरीगञ्जमा बसाई सरेर आउनेको सङ्ख्यामा वृद्धि भएको छ । गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले हुलाकी सडकका कारण यस क्षेत्रको व्यापार व्यवसायसमेत फस्टाएको बताए ।

उनले भने “दुई वर्षअघिसम्म यहाँबाट अन्यत्र बसाई सरेर जाने मात्र हुन्थे, अहिले बाहिरका मानिसहरु आएर भटाभट घडेरी किनेर घर बनाइरहेका छन् ।”
उनले पाँच वर्ष अघिसम्म प्रतिकट्ठा रु पाँच लाखमा पाइने जग्गाको मूल्य बढेर हाल रु २५ लाख पुगेको जानकारी दिए । गौरीगञ्ज बजारको करिब पाँच किलोमिटरको दूरीमा रहेको रतुवा खोलाको पुल बनेर सडक सञ्चालनमा आएपछि गौरीगञ्जसहित दक्षिणी क्षेत्रको स्वरुप नै फेरिने विश्वास लिएको बताए ।

Leave a Reply

Your email address will not be published.