कमल कांग्रेस सभापतिमा राजुको उम्मेदवारी

कमल,२२ असार । नेपाली कांग्रेस कमलका युवा नेता राजकुमार न्यौपानेले (राजु ) गाउँसभापतिमा उम्मेदवारी दिने भएका छन् ।
साविक लखनपुर कांग्रेसका सभापति समेत रहेका उनले कांग्रेस गाउँ अधिबेशन नजिकिरहेको बेला सामाजिक सञ्जालमार्फत सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।
कमल काङ्ग्रेसलाई एक ढिक्का बनाइ आगामी स्थानीय,प्रदेश,सङ्घको निर्वाचनमा बलियो बनाउन आफूले सभापतिमा उम्मेदवारी दिने उल्लेख गरेका छन् ।
उनले भनेका छन्, –‘मेरो उम्मेदवारी कांग्रेसलाई थप बलियो बनाउन भएको र यसमा सवैको साथ र सहयोग रहने छ ।’ तरुण दल झापाका उपसभापति समेत रहेका युवा व्यवसायी न्यौपानेले कमलमा कांग्रेसलाई थप सुढृण बनाउन आफूले नेतृत्वमा दावी गरेको वताए ।

साविक लखनपुर र तोपागाछी गाविस गाभेर बनेको कमलमा गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले गोलाप्रथाबाट अध्यक्ष पद गुमाउनु परेको थियो । कमलका सात वटा वडामा वडा नेतृत्वमा समेत पार्टी आकांक्षीहरु बढ्दै गएका छन् ।

Leave a Reply

Your email address will not be published.