महासंघले ग¥यो दमकमा बेठी लगाएर धान रोपाइँ

दमक,२१ असार । नेकपा एमाले सम्बद्ध नेपाल खेलकुद महासंघले आज दमक २ मा बेठी लगाएर पञ्चेबाजासहित सामूहिक धान रोपाइ कार्यक्रम गरेको छ ।
कृषि पेशालाई प्रोत्साहन गर्ने उद्धेश्यले नेपाल खेलकुद महासंघले देशव्यापी रुपमा शुरु गरेको आत्मनिर्भरताका लागि ‘खेलाडी दुई दिन खेतमा ’ अभियान अन्तर्गत महासंघले धान रोपाई आयोजना गरिएको महासंघ स्थायी कमिटी सदस्य राजकुमार थापाले बताए ।
उहाँका अनुसार सामूहिक रोपाइमा खेलकुद महासंघका नेता कार्यकर्ताहरुसहित स्थानीय महिलाहरु उल्लेख्य संख्यामा सहभागी थिए ।
महासंघका केन्द्रीय उपाध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्य रहेको धान रोपाई कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य एवं प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका सदस्य होम बहादुर थापा, पार्टी जिल्ला कमिटी सदस्य अम्बिका खनाल लगायतको विशेष आतिथ्य रहेको थियो ।

Leave a Reply

Your email address will not be published.