सेजलको मृत्यु प्रकरणका आरोपित प्रहरी नियन्त्रणमा

दमक,२ असार । दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको बलात्कारपछि हत्या भएको आंशकामा प्रहरीले एक जना आरोपीलाई नियन्त्रणमा लिएको छ ।
पीडित परिवारको तर्फबाट किटानी जाहेरी र मृतकको पोस्टमार्टम रिपोर्ट आएपछि प्रहरीले घटनामा संलग्न भएको आंशकामा जिल्ला भोजपुर घर भई हाल दमकमा बस्दै आएका अरुण राईलाई हिजो मंगलवार नियन्त्रणमा लिइसकेको जनाइएको छ । उनीहरुबीच प्रेम सम्बन्ध रहेको बताइएको छ ।
आरोपितलाई म्याद थपका लागि आज बुधबार जिल्ला अदालतमा पेश गर्ने तयारी भईरहेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले बताए ।
दमक ५ स्थित एक घरमा डेरा गरि बस्दैआएकी सेजल प्रतिष्ठानको रेडियोलोजी तेस्रो बर्षमा अध्ययनरत थिइन् । इलाम,देउमाइ नगरपालिका वडा न. ४ मंगलबारेकी सेजल आफनै टवाइलेटको कम्बोर्टमा गत जेठ २७ गते साँझ बेहोस अवस्थामा भेटिएकी भन्दै साथीहरुले उपचारका लागि लाइफलाइन अस्पतालमा ल्याएका थिए । अस्पताल पुरयाँउन सेजलको मृत्युभएको थियो ।

Leave a Reply

Your email address will not be published.