अर्जुनधाराका संक्रमितको बिएण्डसीमा मृत्यु

बिर्तामोड , १ असारझापामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा एकजना पुरुषको मृत्यु भएको हो । अर्जुनधारा ६ घर भई बिर्तामोड ५ मा बस्दै आएका ३५ वर्षिय ती पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिएका छन् । यससंगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.