प्रतिवन्धित लागूऔषधसहित ५ जना पक्राउ


दमक,३१ जेठ । प्रहरीले झापा र ईलामबाट प्रतिवन्धित लागूऔषध ब्राउनसुगरसहित ५ जनालाई पक्राउ गरेको छ । आईतबार दिउसो ३ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापा कमल गाऊपालिका -३ का २२ बर्षीय बले भन्ने प्रज्वल बानियालाई पक्राउ गरेको हो । उनलार्इ लागुऔषध ब्राउन सुगर ४ ग्राम सहित घरबाटै पक्राउ गरिएको हो ।

त्यस्तै आईतबार बेलुका ५ बजे प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरी टोलीले ईलाम माई नगरपालिका -४ शंकरगाउँ स्थितबाट लागूऔषध ब्राउन सुगर ५ ग्राम सहित सोही स्थान ८ का २८ बर्षीय महेश थापा, ३० बर्षीय कुविरसिंह तामाङ, सोही स्थान १ का २२ बर्षीय रुपेश कुमार खत्री र सोही स्थान ३ का २३ बर्षीय सुदिप कुमार दनुवारलाई पक्राउ गरिएको हो ।

प्रहरीले उनिहरुले प्रयोग गरेको प्रदेश १-०१३ प. ७२२२ र ना.३२ प. ६९१९ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।

Leave a Reply

Your email address will not be published.