दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुग्यो

दमक,३१ जेठ । दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । दमक -५ का एक पुरुषको आइतवार मृत्यु भएसंगै दमकमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या २३ पुगेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । दमकमा कोरोनाको दोश्रो भेरियन्टबाट हालसम्म कूल १ हजार १ सय ३७ जना संक्रमण मुक्त भइसकेका पनि स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए ।
दमकमा पिसिआर तथा एन्टिजेन परीक्षण मार्फत हालसम्म कूल १५१२ जनामा कोरोनाको दोश्रो भेरियन्ट पुष्टि भइसकेको छ । जसमध्ये महिलाको संख्या ७३२ छ । दमकमा हाल सक्रिय संक्रमितको संख्या ३५२ रहेको र होम आइसोलेसनमा रहेकाको संख्या ३४७ रहेको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकाले हाल सम्म ११४६ जनाको निशुल्क पिसिआर परीक्षण गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार झापामा आइतवारसम्म कुल संक्रमितको संख्या १२ हजार २४२ पुगेको छ भने सक्रिय संक्रमित भई विभिन्न आइसोलेसनमा उपचाररतको संख्या २ हजार ४६४ रहेको छ । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ ।कोरोना संक्रमणबाट जिल्लाको दमकसहित विर्तामोड,भद्रपुर र मेचीनगर बढी प्रभावित भएको पाईएको छ ।

Leave a Reply

Your email address will not be published.