दमक,१५ जेठ । झापाको दमकमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक दमक ५ का ७५ बर्षिय पुरुष हुन । उनको आज बिहान २ बजे दमक २ स्थित कोभिड उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले पुष्टि गरेको छ । ति पुरुषको गत जेठ ५ गते गरेको परिक्षणमा कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।
पोजिटिभ रिपोर्ट आएको ५ दिन पछि अर्थात १० जेठमा उनलाई उपचारका लागि दमक अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो । यससंगै दमकमा नयाँ भेरियन्टसहितको संक्रमणका कारण २५ चैत यता मृत्यु हुनेको संख्या १७ पुगेको जनाइएको छ ।