सुनसरीमा आईसोलेशन निर्माण तिव्र

इटहरी २६ बैशाख, सुनसरीका स्थानीयतहहरुले कोरोना भाइरस नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउनको लागि बिभिन्न पालिकाहरुले आइसोलेसनलाई तिब्रता दिदै गएका छन् । स्थानिय तहहरुमा कोरोना संक्रमितको सख्या उच्च गतिमा फैलन थालेपछी सुनसरीका विभिन्न पालिकाहरुले आफ्नो क्षेत्रमा आइसोलेसन निर्माणमा सकृयता देखाएका हुन । धरान, सुनसरी लगाएतले आइसोलेसन निमार्ण गरिसकेका छन् भने बराहक्षेत्र नगरपालिकाले समेत ५० बेड क्षमताको अक्सिजनसहितको आइसोलन केन्द्र निमार्ण गरेको छ । बराहक्षेत्रमा दोस्रो भेरियन्ट सहितको संक्रमणले उच्च रुप लिन थालेपछी तत्कालै अक्सिजन सहितको आइसोलेसन निर्माण गरिएको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालले बताएका छन् । बराहक्षेत्रको शप्तकोसी बहुमुखि क्याम्पसको भवनमा एक कोठामा ६ जना बस्नेगरिको आइसुलेसन निर्माण सम्पन्न भएको छ । कोरोनाको दोस्रो लहरमा अक्सिजनको निकै आवश्यक देखिएपछि अक्सिजनसहितका आइसोलेशनलाई बिशेष प्रथामिकता दिएको खनालले बताए । कोरोना महामारी कै समयमा आफ्ना नगर बासिलाई परेको समस्या समाधानका लगी र संक्रमितहरुलाई अस्पताल आइसोलेसनमा पुर्याउन पनि प्रमुख खनालले चलाउदैआएको गाडि एम्बुलेसनको रुपमा प्रयोग गरिने भएको छ । नगरपालिकाका प्रशासकीय अधिकृतले प्रयोग गदै आएको गाडि आजबाट बराहक्षेत्रकै आइसोलेसनमा रहने र आवश्यक परेमा थप सेवा सुविधा दिदै कोरोना न्युनिकरण र नगर वासिकालागी आफु हरपल खटिरहरे प्रमुखले जानकारी दिए । पहिलो चरणको कोरोना संक्रमणको असर भन्दा दोस्रो चरणको संक्रमणले स्वास्थ्यमा बढि असर पुर्याउने स्वास्थ्य कर्मी तथा आइसोलेसन इन्र्चाज प्रमोद यादव बताउछन् । जसकालागी अक्सिजन सहितको आइसुलेसन निर्माण गरिएको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.