दमक,७ असोज । झापा दमकका पत्रकार यज्ञराज आङदेम्बे (विष्णु सुब्बा) नेपाली कांग्रेसको महाधिबेशन प्रतिनिधिका उम्मेदवार वन्ने भएका छन् । उनले यहि असोज १० गते हुन गईरहेको झापा क्षेत्र नम्बर ५ को क्षेत्रीय अधिबेशनमा समानुपातिक सूचितर्फ आदिवासी जनजाति कलस्टरबाट महाधिबेशन प्रतिनिधिका उम्मेदवार वन्ने भएका हुन् । तीन दशकदेखि पत्रकारिता गरिआएका उनी कमल गाउँपालिका ५ वडाबाट निर्विरोध क्षेत्रीय प्रतिनिधि निर्विरोध निर्वाचित भएका हुन् ।
कांग्रेस झापा जिल्ला कार्यसमितिका सदस्य समेत रहेका सुव्वाले परिवर्तित अवस्थामा कांग्रेसलाई रुपान्तरण गरि सवल ,एकतावद्ध पार्टी निर्माण गर्न आफू उम्मेदवार वनेको स्पष्ट पार्छन् ।
महाधिबेशन प्रतिनिधिमा मेरो उम्मेदवारी रहर नभएको भन्दै उनले कांग्रेसले पछिल्लो समय पार्टी सुधार र देशको रूपान्तरणका लागि लिएको ‘बदल्यौ कांग्रेस, बदल्छौ देश’ मुख्य नारालाई आफनो तहबाट पूरा गर्नका लागि पनि मेरो उम्मेदवारी भएको दावी गर्छन् ।