दमक,५ असोज । नेपाली कांग्रेसले झापा क्षेत्र नं ५ अन्तर्गत दमकका १० वटै वडामा नयाँ नेतृत्व चुनएसंगै क्षेत्रीय प्रतिनिधिहरु चयन गरेको छ । दमक नगर निर्वाचन समितिका अनुसार दमक ३, ५ मा मतदान गरि समिति तथा प्रतिनिधि चुनिए पनि अन्य वडाहरुमा भने सहमतीबाट नै निर्वाचन कार्यक्रम सम्पन्न गरिएका छन् ।
जसअनुसार दमक १ को सभापतिमा पुण्य काफ्ले, २ को सभापतिमा डुपेन्द्र रिजाल, ३ मा डिल्ली चापागाइँ, ४ मा दिपेश दाहाल, ५ मा सन्तोष गौतम, वडा नं ६ मा देवीप्रसाद गुरागाइँ, ७ मा अतित वान्तवा राई, ८ मा विनोद रेग्मी, ९ मा सन्तोष तामाङ र १० मा घनश्याम खनाल वडा सभापति निर्वाचित भएका छन् । १० वडाका मध्ये १० नम्बर वडामा मात्र सभापति दोहोरिएका हुन् । अधिकांश युवा अनुहार छन् । दमक ६ को कांग्रेस नेतृत्व पाउने गुरागाई दमक उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष हुन् ।
दमक -६ वडासमितिको उपसभापतिमा धनपति तिम्सिना,उपसभापतिमा रेणुका ओली, सचिवमा बुद्धिशेखर बजगाईं ‘बिबेक’, सहसचिवमा दयासागर आचार्य चयन भए । यसैगरि सदस्यहरुमा जोसन गिरी,किरण श्रेष्ठ, विकास अग्रवाल, मुकुन्द तिमल्सिना, कमल शर्मा, संगीता अधिकारी बराल
, इन्दिरा तिम्सिना, नरमाया दर्जी निर्वाचित भएका सभापति गुरागाईले जनाएका छन् ।
यसैगरि, कमलका ७ वटै वडामा सम्पन्न वडा अधिबेशनले वडासभापति सहित क्षेत्रीय प्रतिनिधिहरु सर्वसम्मत चुनिएका सभापति खगेन भण्डारीले बताए । आइतवार कमल ५ बाहेक सवै वडामा अधिबेशन सम्पन्न भएपनि कमल ५ मा भने सोमबार विहान मात्र सहमति जुटेको थियो । जसअनुसार कमल ५ को वडासभापतिमा ताराबहादुर खड्का, कमल ६ मा ओमप्रसाद पारजुली , कमल ७ मा गोपाल सेढाई सभापतिमा चुनिएका छन् ।
१५ औं केन्द्रीय महाधिवेशन अन्तर्गत ३ र ४ असोजमा देशभरिका पालिका तहमा वडा अधिबेशन सम्पन्न भएको हो ।