दमकका साहित्यकार रेग्मीको संस्मरण कृति लोकापर्ण

दमक,२९ असार । दमकका साहित्यकार त्रिलोचन रेग्मीको संस्मरणात्मक कृति “स्मृतिमा आइरहने दिनहरु “को लोकार्पण गरिएको छ । दमक -७ स्थित पृथ्वी माविको सभाहलमा शुक्रवार एक कार्यक्रमका बीच श्रष्टा रेग्मीको कृतिको दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष प्रा. डा. गोपालप्रसाद भण्डारी लगायतका श्रष्टाहरुले संयुक्त रुपमा लोकापर्ण गरेका थिए ।
साहित्यकला सङ्गम दमकका अध्यक्ष बिन्दु दाहाल मूकदर्शकको अध्यक्षतामा भएको सो कार्यक्रममा कृति माथि साहित्यकारहरु शिव रेग्मी प्रणत र लीलाराम निरौलाले समिक्षात्मक टिप्पणी गरेका थिए ।

कार्यक्रममा दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष तथा सल्लाहकार हेम अधिकारी , संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार नरपति पाण्डे , दमक बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख ,साहित्य कला सङ्गमका सल्लाहकार डा. उत्तम भट्टराई ,संस्थाका सल्लाहककार सदस्य पुस्ता राई ,प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराई , द लिटरेरी भुटानका अध्यक्ष तिलक राई , मिक्लाचोङ साहित्य समाज अध्यक्ष इन्द्र घिमिरे , ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानका अध्यक्ष दुर्गा पौडेल , नवनासो प्रतिष्ठान धरमपुरका अध्यक्ष दिलिप घिमिरेको उपस्थिति रहेको थियो । उनीहरूले शुभकामना मन्तव्य सहित रचना वाचन गरेका थिए ।

यसरी नै साहित्यकारहरु दिल भुटानी , रुद्र प्रभात ,हरि पराजुली , रेवती घिमिरे , विवेक दुलाल क्षेत्री ,टंक पाठक ,विरेन्द्र थोक्लिहाङ,दिलिप सगर राईलगायतले रचना वाचन गरेका थिए भने कार्यक्रममा पाठकप्रतिक्रियाका रूपमा लक्ष्मी वाग्ले रेग्मी र मेघबन्धु खनालले आफ्ना धारणा राखेका थिए । कार्यक्रममा एक सय भन्दा बढी साहित्यकार , साहित्यानुरागीहरूको उपस्थित रहेको थियो ।संस्थाका उपाध्यक्ष यादव प्रसाद अधिकारी झाक्रीखोलेले स्वागत मन्तव्य राखेका सो कार्यक्रममा सुरवीर श्रेष्ठसहित उनका टिमले स्वागत गीत र साङ्गीतिक प्रस्तुति गरेर मोरञ्जन दिलाएका महासचिव ओमप्रसाद खनालले बताए ।

Leave a Reply

Your email address will not be published.