झुम्का कारागारमा एक कैदीको मृत्यु

इनरुवा,२४ कार्तिक । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर–५ स्थित झुम्का कारागारमा एक कैदीको मृत्यु भएको छ । झुम्का कारागार प्रशासनका अनुसार २०८२ कात्तिक २३ गते बिहान करिब ५ः३० बजे कारागारको ‘बी’ बन्दीगृहमा बन्दी ५३ वर्षीय सुधना सरदार अचेत अवस्थामा फेला परेको र उपचारको क्रममा मृत्यु भएको हो । सरदार जिल्ला अदालतको २०८० असोज २ गतेको आदेशमा जिउ मास्ने बेच्ने मुद्दामा सजाय काटिरहेका थिए ।
अचेत भएपछि तुरुन्तै झुम्का कारागारका सुरक्षा गार्ड प्रहरी हवलदार सन्तोष श्रेष्ठसहितको टोलीले उनलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो । तर अस्पताल पुगेपछि बिहान ६ः१५ बजे उपचारको क्रममा उनको मृत्यु भएको अस्पताललाई उदृत गर्दै जलेर सुभाष लामिछानेले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published.