दमक ,७ असोज । जिल्लाको दमक र कमल गाउँपालिकामा आज विहान एक बृद्धसहित दुई जना पुरुष मृत भेटिएका छन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार कमल गाउँपालिका ५ पाडाजुंगी चौंक बस्ने ६१ बर्षिय टेकबहादुर खड्का आफनै घरमा मृत भेटिएका हुन् ।
तिहार मान्न श्रीमती कविता खड्का चितवन माइत गएकी बेला खड्काले आफनै कोठामा डोरीको पासो लगाएर मृत अवस्थामा भेटिएका थिए । घरमा नातिनी श्रृजा निरौलासंगै बसेका हजुरबुबा खड्कालाई विहानपख उठाउन खोज्दा नउठेपछि ढोका खालेर हेर्दा झुण्डिएको अवस्थामा भेटिएकोे थियो । मृतकका २८ बर्षिय छोरा सरोज खड्का पनि २०७९ कार्तिक १६ गते सोहि कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । बुबा र छोराको तीन वर्षको अवधिमा एकै किसिमको मरणले स्थानीय बासिन्दाहरु दुखित हुनुपरेको स्थानीय युवराज खड्काले बताए।
यसैगरि, दमक नगरपालिका वडा न. ८ का ७१ बर्षिय अम्बिका खनाल आज विहान आफनै घरमा मृत भेटिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीले दुवै घटनामा कानुनी मुचुल्का पूरा गरि शव पोष्टमार्टमका लागि दमकको दमक अस्पतालमा पठाईएको प्रहरी निरीक्षक नविन राईले बताए ।