दमक,७ कार्तिक । झापाको कमल गाउँपालिका ५ मंगलवारे वजारमा आज १९ औं सगुन सांस्कृतिक साँझ– २०८२ हुने भएको छ । दिपावली,छैठ पर्वका अवसर पारेर बर्षेनी स्थानीय सगुन युवा क्लवले वृहत सांगीतिक कार्यक्रमको आयोजना गरिआएको छ । साँझ ६ वजेदेखि शुरु हने सांगीतिक कार्यक्रम राती अवेरसम्म चल्ने क्लवका अध्यक्ष देवेन्द्र राज आङदेम्बेले बताए ।
उनका अनुसार कार्यक्रमको सवै तयारी पूरा भईसकेको छ । कार्यक्रममा चर्चित गायक डम्बर नेपालीको आर्कषक प्रस्तुति रहनुका साथैं स्थानीय कलाकारहरुको समेत विशेष प्रस्तुति रहने उनले जनाएका छन् ।
रमाइलो तिहारमा खेलिने देउसीभैली कार्यक्रमलाई एकीकृतसहित सांगीतिक तथा सांस्कृतिकमय बनाउन बर्षेनी सगुन साँझको आयोजना गरिआएको छ । क्लवको सहयोगार्थ आयोजना गरिने उक्त कार्यक्रममा संकलित आम्दानी सामूहिक हित तथा सामाजिक कार्यमा खर्च गरिने छ । त्यसैगरि, कार्यक्रममा संकलित सहयोग रकम पारदर्शी ढंगले हिसाव सार्वजनिक गरिने उनले बताए ।