झापा, ४ कात्तिक । जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक वृद्धा सख्त घाइते भएकी छन् । आज विहान ५ बजे मेचीनगर वडा न ६ फाईरिङ चोक बस्ने ७४ वर्षीया उसिला राईलाई आफनै घर अगाडि फूल टिप्ने क्रममा एकल जंगली हात्तीले आक्रमण गरेको हो ।
घाइतेलाई प्रादेशिक अस्पताल भद्रपुरमा सामान्य उपचारपश्चात् थप उपचारका लागि लाइफ लाइन अस्पताल दमक रिफर गरिएको प्रहरीले जनाएको छ ।